Logo

न्यायाधीश अधिकारीद्वारा राजीनामा



Spread the love

२ भाद्र, पोखरा – उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

न्यायाधीश अधिकारीले न्याय परिषद्मार्फत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष राजीनामा दिएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीका अनुसार राजीनामा पत्रमा घरायसी समस्या भएको कारण पदबाट राजीनामा दिएको उल्लेख छ ।

घरायसी समस्याका कारण राजीनामा दिएको भनिए तापनि गोर्खा ब्रुअरीको अन्तःशुल्कको मुद्दामा क्षेत्रधिकार विवाद भएपछि उनि छानबिनमा परेका थिए । उनले ४० वर्ष न्याय सेवामा काम गरे । न्याय परिषद्ले उक्त विवादसम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वको छानबिन समितिसमेत गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्