Logo

डेम्बेले पुनः घाईते, कति समय रहन्छन् मैदान बाहिर ?



Spread the love

३ भाद्र, काठमाडाैँ – बार्सिलोनाका फरवार्ड उस्मान डेम्बेले टोलीबाट बाहिरिएका छन् । अभ्यासका क्रममा ह्यामस्ट्रिङमा समस्या आएपछि उनि टिमबाट बाहिर हुने भएका हुन् ।

बार्सिलोनाले जनाए अनुसार डेम्बेले ५ देखि ६ हप्ता मैदान बाहिर रहनेछन् । यो समयमा डेम्बेलेले ओसासुना, भ्यालेन्सिया, ग्रानडा र भिल्लारियल विरूद्ध हुने ला लिगाका खेलहरू गुमाउनेछन् ।

ला लिगाको पहिलो खेलमा डेम्बेलेले पुरा समय नै मैदानमा बिताएका थिए । खेलको अन्तिम मिनेटमा आडुरिजको गोलले बार्सिलोना सो खेलमा पराजित भएको थियो ।

बार्सिलोनाका मेसी र स्वारेज घाईते नै रहेका छन् । मेसीले घाईते नै भएर ला लिगाको पहिलो खेल गुमाउँदा स्वारेजले पहिलो खेलको पहिलो हाफमै चोट बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्