Logo

बराबरीमा रोकियो म्यानचेस्टर युनाईटेड



Spread the love

३ भाद्र, काठमाडौँ – इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । हिजो भएको प्रिमियर लिग अन्तर्गतको दोश्रो खेलमा युनाईटेड वुल्भरह्याम्प्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

मोलिनक्स स्टेडियममा भएको खेलमा सुरूवाति अग्रता म्यानचेस्टर युनाृईटेडले लिएको थियो । खेलको २७ औँ मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा अग्रता जोगाए पनि युनाईटेडले दोश्रो हाफमा अग्रता जोगाउन सकेन । दोश्रो हाफ सुरू भएको १० मिनेटमा वुल्भरह्याम्प्टनका रूबेन नेभेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछिको बाँकी समयमा दुबै टोलीबाट गोल हुन नसक्दा खेल बराबरीमा सकियो ।

प्रतिक्रिया दिनुहोस्