Logo

रेखा थापाको राजनीति:कमल थापाको साथ छाडेर रोजिन् पशुपति



Spread the love

नायिका रेखा थापा करिब साढे चार वर्षअघि एमाओवादीमा प्रवेश गरेका थिईन् भने गत वर्ष एमाओवादी छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा तामझामसहित प्रवेश गरेकी थिइन्।’रेखाले राप्रपा प्रवेश गर्दा आफु कमल थापाको एकदमै ठुलो फ्यान भएको बताएकी थिइन्। जति बेलाबाट मैले राजनीतिमा चासो राख्न थालें, त्यति बेलादेखि म कमल थापाको ग्रेट फ्यान थिएँ, छु र रहिरहन्छु।उनले आफ्नो पहिलो र अन्तिम पार्टी राप्रपा भएको र आफु मर्दा पनि यही पार्टीको झन्डा ओडेर मर्ने समेत बताएकी थिइन्।

              उनीले गत वर्ष भएको राप्रपा नेपालको महाधिवेशनमा केन्द्रिय सदस्यमा समेत जित हासिल गरेकी थिइन् । उनले केन्द्रिय सदस्य जित्नुमा कमल थापाको ठुलो हात रहेको उनि आफैले बताएको थिइन्। तर उनले मंगलवार कमल थापाको साथ छाडेकी छिन् । केही समयअघि मात्र पशुपति शम्शेर राणाले राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका थिए ।

तर अहिले कमल थापा कमजोर बन्दै गएपछि रेखाले कमल थापाको साथ छाडेर पशुपति शम्शेर राणालाई रोजेकी छिन्। उनी पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा लागेकी हुन्। राप्रपाको केन्द्रीय सदस्य थापाले मंगलबार मध्यान्ह निर्वाचन आयोगमा पुगेर आफ्नो समर्थन राणालाई रहेको भन्दै नाम सनाखत समेत गरिसकेकी छिन्।

प्रतिक्रिया दिनुहोस्