Logo

प्रभु साहले दिए प्रदेश २ काे अध्यक्ष पदबाट राजीनामा



Spread the love

३ भदौ, काठमाडौँ । नेकपा नेता प्रभु साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर  प्रदेश २ अध्यक्ष पदबाट  राजीनामा दिएका छन् ।


प्रदेश सदस्यहरूको चयन गरिँदा अध्यक्ष साहसँग सल्लाह नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाइएपछि असन्तुष्ट साहले, प्रदेश अध्यक्षको रूपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग र चौतर्फी घेराबन्दी भएका कारण पदबाट राजीनामा दिएको  बताए । प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात पनि उनलाई भूमिका विहीन बनाइएको थियो ।

स्रोतका अनुसार वरिष्ठ नेता माधव कुमार नेपालको विरोधपछि पार्टी अध्यक्षले शपथ ग्रहण रोक्न निर्देशन दिएका थिए ।सर्वसम्मत ढङ्गबाट चुनिएको जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम एवं जनप्रतिनिधिहरूको प्रशिक्षणसमेत विनाकारण नेतृत्व तहबाट रोकिएकोमा चित्त दुखेको उनी निकट स्रोतले बताउँछन् ।

स्थायी कमिटी सदस्यका प्रवल दाबेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि उनी असन्तुष्ट थिए ।

प्रतिक्रिया दिनुहोस्