Logo

किन लाग्ने गर्छ बाडुली? पत्ता लगाउन वैज्ञानिकहरू पनि असफल !



Spread the love

हाम्रो धारणा अनुसार बाडुली लाग्दा कसैले सम्झेको हुन्छ कि त हतारमा खाना खादा राम्ररी खाना नचपाउँदा बाडुली लाग्ने गर्छ l जसका कारण बाडुली लाग्ने क्रममा हामी पानी पिउने गर्छौँ l

धेरैजसो बाडुली सामान्य हुन्छन् र केही मिनेट मात्र लाग्ने गर्छ l तर कसै मानिसलाई भने घन्टौंसम्म बाडुली लाग्ने गर्छ र त्यही बाडुलीले कहिलेकाहीँ गम्भीर रोगको सङ्केत पनि दिने गर्छ l

जसलाई हामी नजरअन्दाज गरी दिन्छौँ l यदि बाडुली लागिरहे खाना खानमा समस्या उत्पन्न भई निद्रामा पनि बाधा पुग्ने गर्छ । प्रत्येक वर्ष अमेरिकामा ४ हजार मानिसहरू बाडुली लागेकै कारण अस्पतालमा भर्ना हुने गर्छन् l

गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा चार्ल्स अस्बर्न नामक व्यक्तिलाई सबभन्दा लामो समयसम्म बाडुली लागेको कीर्तिमान उल्लिखित छ । चार्ल्सलाई निरन्तर ६८ वर्षसम्म हिकहिक भएको थियो ।

वैज्ञानिकहरूका अनुसार शरीरमा हुने डायाफ्राम खुम्चिँदा बाडुली लाग्ने गर्छ l डायाफ्राम नामक मांसपेशीले छाती र पेटलाई छुट्ट्याउँछ । विभिन्न नसामा समस्या आउँदा बाडुली लाग्ने वैज्ञानिकहरूको भनाइ छ । तर अझै पनि वैज्ञानिकहरूले बाडुली लाग्ने ठ्याक्कै कारण भने पत्ता लगाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्