Logo

जान्नुहोस् पशुपतिनाथ मन्दिरको केही रोचक तथ्य



Spread the love

 

काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्त्वपूर्ण तीर्थस्थल भनेकै पशुपतिनाथको मन्दिर हो l भनिन्छ, पशुपतिनाथ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एक हो l जहाँ कोसौं दूरबाट मानिसहरू पूजा आराधना गर्न आउने गर्छन् l पशुपतिनाथलाई शैव, शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्ने गर्दछन् । जन्मदेखि मृत्यु सम्मका सबै संस्कार सम्पन्न गरिने नेपालको यस पावन स्थलको बारेमा केही रोचक तथ्यहरू फेला परेका छन् जसलाई तल दिइएको छ l

जमिन खन्दा शिवलिंग प्रकट
पशुपतिनाथ मन्दिरलाई भगवान् शिवको अर्को रूप पनि भनिने गरिन्छ । जहाँ सदैव भगवान् शिवको वास हुन्छ l भक्तजनहरूकाे भनाइ अनुसार धेरै पटक पशुपतिनाथ मन्दिरकाे आसपास साना मन्दिरहरू निर्माणकाे क्रममा जमिन खन्दा थुप्रै शिवलिंगहरू निस्किएकाे र त्यहाँ शिव शक्ति प्रकट हुने गरेकाे छ l जुन भनाइ आज सम्म पनि कायमै रहेकाे छ ।

दैव शक्ति रहेकाे अनुभव
बि.सं. २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको वारपाकलाई केन्द्रविन्दु बनाई गएको ७.८ रेक्टर स्केलको महाभूकम्पमा पनि पशुपतिनाथको मूल मन्दिर ‘दैविक-वैदिक-वास्तु शक्ति’ (शिव कथत भूतत्व-विज्ञान)को कारण सुरक्षित रहेको देखियो भने मन्दिर परिशर बाहिरका साना मन्दिरमा थोरै क्षति पुगेको देखियो । त्यसको २ वर्ष अगाडि पनि महाप्रलयमा श्रीकेदारनाथ मन्दिर पनि सुरक्षित रहेको थियो ।

मन्दिमा गैर हिन्दुलाई प्रवेश निषेध
पशुपतिनाथ मन्दिर हिन्दुहरूकाे पवित्र तिर्थ स्थल मानिएकाेले यहाँ गैर हिन्दुहरूलाई प्रवेश निषेध गरिएकाे छ । मन्दिरमा केवल हिन्दु धर्म मान्नेहरू मात्रै प्रवेश गर्न गरेका छन् । जस्तोसुकै महत्वपूर्ण व्यक्तिहरू भएता पनि गैर हिन्दु भएमा उनीहरूलाई समेत प्रवेश निषेध गरिन्छ । त्यसैले आज पनि केयाै विदेशी पर्यटकहरू उक्त मन्दिरकाे बाहिरबाटै शिर निहुराएर निस्कने गरेका छन् ।

११ सय देखी २५ लाख सम्मकाे पूजा
पशुपतीनाथ मन्दिरमा अहिलेपनी इच्छा अनुसारकाे पूजा गराउने गरेका छन् । त्यहाँ सबै भन्दा कम दर रेट ११ सय र बढीमा २५ लाख सम्मकाे पूजा हुने गर्दछ । त्यसरी जम्मा भएकाे रकम पूजारीहरूले केही प्रतिशत कमिसन लिने गरेका छन् ।

मन्दिरमा कामधेनूकाे वास
पौराणिक कथाअनुसार, नेपालमा पर्ने चन्द्रावन हिमालय पर्वत को गुफामा इच्छापूर्ती गरिदिने ‘कामधेनु गाई’ आएर बसेका थिए । कामधेनुले दिनहुँ पर्वतबाट तल झरी माटोमाथि आफ्नो दूध चढाउने गर्थे । यसरी हजारौँ वर्षसम्म पनि कामधेनु गाईले सो ठाउँमा दूध चढाउन थालेपछि एक दिन त्यहाँ वरिपरिका मानिसहरूले उक्त स्थानमा खन्दा एउटा सुन्दर चमकदार शिव लिङ्ग भेटेका थिए । त्यस पश्चात् उनीहरूले सो शिवलिङ्गलाई पूजा गर्दै आएका थिए । सोही स्थललाई नै पछि ‘पशुपतिनाथ’ भनिएको हो भन्ने पनि विश्वास गरिन्छ ।

दुई किसिमको पूजा
पशुपतीनाथ मन्दिमा दुई तरिकाबाट पूजा गरिने गरिन्छ । एक वैदिक पदती र अर्काे तान्त्रिक पदती दुवै पदतीकाे पूजा पशुपतिमा गरेता पनि त्यसकाे कुनै तस्बिर एवम भिडियाे निकाल्न भने मिल्दैन् । जसका लागि मन्दिरकाे पूजा स्थलमा कुनै क्यामेरा या माेवाइल छिराउन शुरक्षाकर्मीहरूले राेक लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्