Logo

किन गरिन्छ नमस्कार? जान्नुहोस् कारण र उदेश्य



Spread the love

नमस्कार पहिलैदेखि चलिआएको चलन हो l जसको मतलब प्रणाम पनि हो l यसको प्रयोग कुनै व्यक्तिसँग मिल्ने अथवा उनीसँग बिदाइ गर्ने समय, दुवैमा प्रयोग गरिने गरिन्छ l नमस्कार गर्नु भनेको आफूले कसै व्यक्तिलाई सम्मान दिनु पनि हो l किनकि जहिले पनि नमस्कार हामी आफू भन्दा ठुला व्यक्तिलाई नै गर्ने गर्छौँ न कि आफू भन्दा साना मानिसलाई l नमस्कार गर्नुको भनेको आफ्नो संस्कार देखाउनु पनि हो l

नमस्कार गर्नुको उद्देश्य
हामीले आफू भन्दा ठुला व्यक्तिलाई नमस्कार गर्नेपर्छ l किनकि यसले हाम्रो स्वभाव बयान गर्दछ l नमस्कार गर्नु भनेको आफ्नू भन्दा ठुला व्यक्तिलाई सम्मान गर्नु वा मान्नु हो l जसले जहिले पनि आध्यात्मिक शक्तिलाई बढ़ाउछ अनि दैवी चेतना आकर्षित गर्छ l नमस्कार गर्नाले हामीमा कृतज्ञता अनि भक्तिको भावना जागृत गर्छ l उक्त कारण नमस्कार गर्ने बानी बसाल्नुपर्छ l

नमस्कारका प्रकार

सामान्य नमस्कार
यदि कुनै व्यक्तिसँग भेटिदा दुवै हातलाई जोडेर नमस्कार गरिन्छ भने त्यस किसिमको नमस्कारलाई सामान्य नमस्कार भनिने गरिन्छ l प्रत्येक दिन हामी कयौँ मानिसहरूसँग भेट्दा नमस्कार गर्ने गर्छौ ।

पद नमस्कार
यस प्रकारको नमस्कार हामी आफ्नो परिवार, नाता, वृद्ध तथा बाबा आमाको पैतला छोएर गर्छौ । परिवार बाहेक गुरु तथा आध्यात्मिक व्यक्तिहरूको पैताला छोएर नमस्कार गर्ने गर्छौ ।

साष्टांग नमस्कार
यदि हामी कुनै मठमन्दिर गएर पूजा आराधना गर्नी नमस्कार गर्छौँ भने त्यसलाई साष्टांग नमस्कार भनिन्छ । यस किसिमको नमस्कार देवी देवताको शरणमा गएर गिने गरिन्छ l

नमस्कार गर्नुको फाइदाहरू

  • नमस्कार गर्नाले मनमा राम्रो भावना र स्वच्छ भावनाको विकास हुन्छ । जसले गर्दा सकारात्मक सोचको विकास हुने गर्छ l
  • नमस्कार गर्नाले आफ्नो संस्कृति झल्किदिन्छ l जसले गर्दा अरूको मनमा राम्रो विचार जाग्ने गर्छ l
  • नमस्कारले अर्को व्यक्तिले तपाइप्रतिको राम्रो भावनाको विकास गर्दछ । यस प्रकार नमस्कार आध्यात्मिक र व्यवहारिक दुवै तरिकाले फाइदाजनक छन् ।
  • मन्दिरमा गएर देवीदेवताको सामु नमस्कार गर्नाले व्यक्तिको कृतज्ञताको भावना विकास हुन्छ । जसले मन र मस्तिष्क शान्त रहन्छ ।

प्रतिक्रिया दिनुहोस्