Logo

सिजी कामना फिल्म अवार्डस्’ लागि उत्कृष्ट ५ मनोनयन सूचि सार्वजनिक



Spread the love

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको विकास र यस क्षेत्रप्रति युवापुस्ताको बढ्दो आकर्षणले  नेपाली सिने जगतलाई निरन्तर सफलता दिलाइरहेको छ । एक समय थियो,जब हलमा फिल्म चल्थ्यो तर दर्शक हुदैन थिए । अहिलेको समय छ नेपाली फिल्मले सय दिनसम्म हाउस फुल चल्न थाल्यो ।  पछिल्लो समय विभिन्न फिल्म अवार्डस् कार्यक्रमहरु पनि भइरहेका छन् । कहिले डी.सेन अवार्ड त कहिले राष्ट्रिय अवार्ड हुने गरेका छन् । यस्तैमा अहिले २०७६ ‘सिजी कामना फिल्म अवार्डस्’ लागि उत्कृष्ट ५ मनोनयन सूचि सार्वजनिक गरिएको छ ।

विभिन्न २६  विधामा उत्कृष्ट ५ लाई मनोनयन भएकाको नाम सार्वजनिक भएका छन् भने उत्कृष्ट चलचित्र २०७६ मा ५ वटा चलचित्र सर्वोत्कृष्ट अवार्डस् पाउने मध्य ‘छक्का पञ्जा ३’, ‘डमरुको डण्डीवियो’, ‘नाई नभन्नु ल ५’, ‘प्रसाद’ र ‘साइली’ बिच भिडन्त हुने भएको छ ।

सर्वोत्कृष्ट अभिनेत्री तर्फ ‘नम्रता श्रेष्ठ’ – ‘प्रसाद’, ‘दीपिका प्रसाईँ’ – ‘छक्का पन्जा ३’, ‘मेनुका प्रधान’ – ‘साईली’, ‘पूजा शर्मा’ – ‘रामकहानी’ र ‘शिल्पा पोखरेल’ – ‘भिलेन’ बाट मनोनयनमा परेका छन् भने सर्वोत्कृष्ट अभिनेता तर्फ ‘खगेन्द्र लामिछाने’ – डमरुको डण्डीवियो’, विपिन कार्की – गोपी र ‘प्रसाद’ , ‘गौरव पहारी’ – साइली ,’निखिल उप्रेती’ – भिलेन बाट मनोनयमा परेका छन् ।

सर्वोत्कृष्ट नव–अभिनेता, अभिनेत्री,सह–अभिनेता,अभिनेत्री, खल पात्र, हास्य कलाकार, निर्देशक, नव–निर्देशक, सङ्गीतकार, पार्श्वगायक निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा ९० प्रतिशत अङ्क  हरेक विधामा दर्शकको एसएमएस भोटबाट १० प्रतिशत र जोडी विजेता घोषणा गरिनेछ ।  तपाइँहरुले पनि १४ विधामा एसएमएस मार्फत भोट गर्न सक्नु हुनेछ  ।

२६ विधाका मनोनयन सुचिमा परेका चलचित्र, अभिनेता र अभिनेत्री:

सर्वोत्कृष्ट चलचित्र
छक्का पन्जा ३
डमरुको डण्डीबियो
नाइँ नभन्नु ल ५
प्रसाद
साइँली

विधाः सर्वोत्कृष्ट निर्देशक
मिलन चाम्स – बोबी
दिपाश्री निरौला – छक्का पन्जा ३
विकासराज आचार्य – नाई नभन्नु ल ५
दिनेश राउत – प्रसाद
रामबाबु गुरुङ – साइँली
रामशरण पाठक – सयकडा दस

विधा : सर्वोत्कृष्ट नव निर्देशक
चक्कर – अनुष्क रौनियार
वसन्त अधिकारी – जानी नजानी
छेतन गुरुङ – डमरुको डण्डीवियो
सम्राट शाक्य – यात्रा
संगीता श्रेष्ठ – कथा काठमाडौँ

विधा : सर्वोत्कृष्ट अभिनेता
खगेन्द्र लामिछाने – डमरुको डण्डीवियो
विपिन कार्की – गोपी
विपिन कार्की – प्रसाद
गौरव पहारी – साइली
निखिल उप्रेती – भिलेन

विधा : सर्वोत्कृष्ट अभिनेत्री
दीपिका प्रसाईँ – छक्का पन्जा ३
मेनुका प्रधान – साईली
नम्रता श्रेष्ठ – प्रसाद
पूजा शर्मा – रामकहानी
शिल्पा पोखरेल – भिलेन

विधा : सर्वोत्कृष्ट नव अभिनेत्री
सुहाना थापा – ए मेरो हजुर ३
कविता गुुरुङ – बोबी
निरिषा बस्नेत – जानी नजानी
सुपुष्पा भट्ट – रणवीर
मलिका महत – यात्रा

विधा : सर्वोत्कृष्ट नव अभिनेता
कपील खत्री – भिलेन
उत्सव न्यौपाने – सयकडा दस
अभिषेक नेपाल – नाइँ नभन्नु ल ५
उमेश थापा – बोबी
किशोर खड्का – बाँध मायाले

विधाः सर्वोत्कृष्ट सह अभिनेत्री
ऋचा शर्मा – चक्कर
नम्रता श्रेष्ठ – जानी नजानी
सन्ध्या केसी – कथा काठमाडौँ
प्रियंका कार्की – नाई नभन्नु ल ५
रश्मी भट्ट – सयकडा दस

विधाः सर्वोत्कृष्ट सह अभिनेता
जितु नेपाल – छक्का पन्जा ३
अनुप बराल – डमरुको डण्डीवियो
दयाहाङ राई – साइँली
मनोज गजुरेल – सयकडा दस
सलोन बस्नेत – यात्रा

विधाः सर्वोत्कृष्ट खल पात्र
धु्रव कोइराला – भिलेन
प्रशान्त ताम्राकार – रणवीर
निश्चल बस्नेत – प्रसाद
प्रमोद अग्रहरी – कथा काठमाडौँ
अर्पण थापा – चक्कर

विधा : सर्वोत्कृष्ट हास्य कलाकार
केदार घिमिरे – छक्का पन्जा ३
केदार घिमिरे – रामकहानी
रविन्द्र झा – रामकहानी
राजाराम पौडेल – बाँध मायाले
विल्सनविक्रम राई – रामकहानी

विधा : सर्वोत्कृष्ट बाल कलाकार
अनुभव रेग्मी – भैरे
अनुभव रेग्मी – नाइँ नभन्नु ल ५
कुसाग्र भट्टराई – कोहलपुर एक्सप्रेस
लक्की भण्डारी – चङ्गा
सेड्रीना शर्मा – नाइँ नभन्नु ल ५

विधा : सर्वोत्कृष्ट कथा
दीपकराज गिरी – छक्का पन्जा ३
खगेन्द्र लामिछाने – डमरुको डण्डीवियो
दीपेन्द्र लामा – गोपी
रामबाबु गुरुङ – साइँली
सम्राट शाक्य – यात्रा

विधा : सर्वोत्कृष्ट पटकथा
रामशरण पाठक – सयकडा दस
सुशील पौडेल – प्रसाद
विकासराज आचार्य र सामीप्यराज तिमल्सीना – नाइँ नभन्नु ल ५
खगेन्द्र लामिछाने – डमरुको डण्डीवियो
दीपकराज गिरी – छक्का पन्जा ३

विधा : सर्वोत्कृष्ट संवाद
सुशील पौडेल – प्रसाद
रामशरण पाठक – सयकडा दस
रामबाबु गुरुङ – साइँली
खगेन्द्र लामिछाने – डमरुको डण्डीवियो
दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र यमन श्रेष्ठ – छक्का पन्जा ३

विधा : सर्वोत्कृष्ट गीतकार
दीपेश उप्रेती – डुली डुली, यात्रा
कालीप्रसाद बास्कोटा – बगी रहेँ, साइँली
दिनेश थपलिया– तिम्रो आँखामा, नाइँ नभन्नु ल ५
विप्लव प्रतीक – तेरो आफ्नो भन्नु, गोपी
एकनारायण भण्डारी – जिन्दगी नै भन्दिन, ए मेरो हजुर ३

विधाः सर्वोत्कृष्ट सङ्गीतकार
कालीप्रसाद बास्कोटा – बगी रहेँ, सार्ईली
वसन्त सापकोटा – तिम्रो आँखामा, नाइँ नभन्नु ल ५
वसन्त सापकोटा – आँखाको नानी, बोबी
सरोज पोखरेल – तिम्रो स्वरमा, अनुराग
आशिष अविरल – जिन्दगी नै भन्दिनँ, ए मेरो हजुर ३

विधाः सर्वोत्कृष्ट पार्श्व गायक
सुगम पोखरेल – तिम्रो लागि, रामकहानी
सुगम पोखरेल – सँगै सँगै, बाँध मायाले
प्रतापदास – तिम्रो स्वरमा, अनुराग
हेमन्त राना – बगी रहेँ, साईली
डेविड शङ्कर – पहिलो नम्बरमा, छक्का पन्जा ३

विधाः सर्वोत्कृष्ट पार्श्व गायिका
मेलिना राई – डुली डुली, यात्रा
अन्जु पन्त – झ्यानाकुटी झ्याईँ, भिलेन
मेलिना राई – तिम्रो आँखा, नाइँ नभन्नु ल ५
मेलिना राई – सान्नानीलाई, भैरे
अन्जु पन्त – सँगै सँगै, बाँध मायाले

विधाः सर्वोत्कृष्ट नृत्य निर्देशक
प्रवीण सिंह – परान परान, ए मेरो हजुर ३
कविराज गहतराज – सान्नानीलाई, भैरे
कविराज गहतराज – पहिलो नम्बरमा, छक्का पन्जा ३
कविराज गहतराज – तिम्रो आँखैमा, नाइँ नभन्नु ल ५
कविराज गहतराज – तिम्रो लागी, रामकहानी

विधाः सर्वोत्कृष्ट द्वन्द्व निर्देशक
सूर्य थोक्कर – भैरे
शुक्रराज शाह – भिलेन
रोशन श्रेष्ठ – बाँध मायाले
हिमाल केसी – यात्रा
चन्द्र पन्त – रणवीर

विधाः सर्वोत्कृष्ट छायाङ्कन
रविन आचार्य र अनुष्क रौनियार – चक्कर
हरि हुमागाईं – डमरुको डण्डीवियो
पुरुषोत्तम प्रधान – नाइँ नभन्नु ल ५
राजेश श्रेष्ठ – प्रसाद
सौरभ लामा र मदन कश्यप घिमिरे – भिलेन

विधा : सम्पादन
निमेष श्रेष्ठ – साइँली
लोकेस बज्राचार्य – प्रसाद
अर्जुन जिसी – नाइँ नभन्नु ल ५
निमेष श्रेष्ठ – डमरुको डण्डीवियो
विपिन मल्ल – छक्का पन्जा ३

विधा : पाश्र्वसंगीत
सैलेस श्रेष्ठ – ए मेरो हजुर ३
एलिष कार्की – भैरे
संगम पन्च र पुष्प पलान्चोकी – चक्कर
एलिष कार्की – डमरुको डण्डीवियो
एलिष कार्की – नाइँ नभन्नु ल ५

विधा : ध्वनि मिश्रण
सुनयमान श्रेष्ठ – छक्का पन्जा ३
मुकेश शाह – बोबी
मुकेश शाह – डमरुको डण्डीवियो
मुकेश शाह – नाई नभन्नु ल ५
उत्तम न्यौपाने – प्रसाद

विधा : श्रृंगार
श्याम लामा – चक्कर
दिपु पौडेल – डमरुको डण्डीवियो
सरोज बुढाथोकी – जानी नजानी
श्याम बराल – नार्इं नभन्नु ल ५
सरोज बुढाथोकी – भिलेन

प्रतिक्रिया दिनुहोस्