Logo

एउटै गोत्रमा विवाह गर्दा के हुन्छ ?



Spread the love

खास गरि हिन्दु समाजमा विवाहको लागि कुरा चलाउँदा थर पहिले सोध्ने चलन छ। त्यो सोधखोज थरको लागि भन्दा पनि गोत्रको लागि गरिएको हो। किनकी हिन्दु धर्ममा एउटै गोत्रमा विवाह गर्न मनाही छ। गोत्र समान हुदाँ परिवारको सम्बन्ध एकै कुलको मानिन्छ । जसको कारण केटा र केटीको सम्बन्धलाई भाई र बहिनी रुपको लिईन्छ, यसकारण उनीहरुको बीच वैवाहिक सम्बन्धलाई मान्यता दिइँदैन । विशेष गरि यो चलन ब्राह्मण र क्षेत्री जातीमा रहेको छ। यद्यपि हिजोआज यो परम्परा केही कम हुँदै गएको पाइन्छ ।

हिन्दु धर्मको मान्यता अनुसार, एउटै गोत्रमा विवाह गर्दा, दुई पक्ष मध्ये एक पक्षको परिवारमा अप्रिय घटना घट्न सक्ने, वैवाहिक सम्बन्ध नराम्रो हुने सम्भावना हुने, बच्चा नजन्मिने वा जन्मिएपनि उसमा केही कमी हुने बताइन्छ । त्यसैले हिन्दु धर्म मान्ने परिवारले एउटै गोत्रमा विवाह गर्न मान्दैन। यही कारण कतिपय प्रेम-सम्बन्धहरु टुटेका पनि छन्।

एउटै गोत्रमा विवाह गर्ने जोडीको बच्चामा वंशाणुगत जेनेटिक रोग लाग्छ अनि उनीहरूमा कलर ब्लाइन्डनेस अर्थात् रंग नचिन्ने रोगसमेत लाग्नसक्छ ।

सगोत्री विवाह मनाही गरिनुको कारण धार्मिक मात्र नभएर यसका पछाडि वैज्ञानिक कारण रहेको समेत मानिन्छ । विभिन्न अनुसन्धान अनुसार, एउटै गोत्रको बिवाहबाट जन्मिने बच्चामा बिभिन्न आनुवांशिक दोषको खतरा रहन्छ।

प्रतिक्रिया दिनुहोस्