Logo

अब प्रियंकाको रेट १२ करोड ५० लाख



Spread the love

 

साउन, काठमाडौं ।

हिमाल जि.सी.

priyanka

वलिउड अभिनेत्री प्रियंका चोपडा निकै डिमाण्डेवल हिरोईन हुन् । पछिल्लो समय हलिउड प्रोजेक्टमा व्यस्त प्रियंकाले पछिल्लो फिल्म ‘गंगाजल’ र ‘बाजिराव मस्तानी’ पछि वलिउड फिल्म गरेकी छैनन् ।
 अमेरिकाको लामो बसाईपछि अक्कल झुक्कल भारत आउँदा निर्माता निर्देशकको अफरलाई उनले कम प्राथमिकताला राख्दै आएकी छिन् । यो बीचमा खबर बाहिरिएको छ कि प्रियंकाले अब जुन पायो त्यो प्रोजेक्ट पनि गर्दिनन् र पुरानो पारिश्रमिकमा काम पनि गर्दिनन् ।
 वलिउड भाष्करले लेखे अनुसार प्रियंकाको पछिल्लो फिल्म ‘गंगाजल’को पारिश्रमिक ४ करोड मात्र थियो, अब भने उनले १२ करोड ५० लाख आफ्नो पारिश्रमिक तोकेको बताइन्छ । वलिउड हिरोईनमा यो रकम सबैभन्दा बढि हो ।
  ‘सेलेक्टेड प्रोजेक्ट’ मात्र गर्ने अनि त्यसमा पनि आफुलाई मुख्य भुमिका दिईएको प्रोजेक्ट मात्र गर्ने वलिउड निर्माता निर्देशकको लागी उनको पहिलो सर्त रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्