Logo

श्रीमान्को कुटाइबाट मृत्यु



Spread the love

३ भाद्र, उदयपुर – उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको कुटाइबाट उनकी श्रीमती ३० वर्षीया मञ्जु पुलामी मगरको मृत्यु भएको छ ।

गए राति तीर्थले घरायसी विवाद हुँदा मञ्जुलाई कुटपिट गरेका थिए । सख्त घाइते मञ्जुको उपचारको क्रममा आज सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए ।

 

तीर्थलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्