Logo

काम नगर्ने ठेकेदारलाई जरिवाना



Spread the love

३ साउन, पर्सा – व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज–पथलैया सडक कार्यालयले तोकिएको समयमा काम नगरी आलटाल गर्ने काठमाडौँको शर्मा युनाइटेड दिवा जेभी कम्पनीलाई रु एक करोड ७५ लाख जरिवाना गरेको छ ।

पथलैयादेखि परवानीपुर हुँदै आइसिपीसम्मको ३२ किलोमिटर लामो सडक निर्माण गर्ने ठेक्का लिएको सो कम्पनीले दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तीन वर्षभन्दा बढी समयसम्म काम नगरी आलटाल गरेकाले उक्त कम्पनीलाई जरिवाना गरी पुनः म्याद थपिएको सूचना अधिकारी अशोककुमार यादवले जानकारी दिए । रु पाँच अर्ब ५० करोडको लागतमा निर्माण भइरहेको सो व्यापारिक मार्ग २०७७ असार मसान्तभित्र सम्पन्न गरी सक्नुपर्ने छ । उक्त सडकको भार क्षमता १० टन रहे पनि अहिले २५ टनसम्मको सामानसहित ठूला सावारीसाधन गुड्ने गरेकाले सडक भाँसिने गरेको योजना प्रमुख सञ्जयकुमार मिश्रले बताए । यस सम्बन्धमा सम्बन्धित निकायलाई पत्राचार गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्