Logo

मिलेन बार्सिलोना र पिएसजीको कुरा, नेयमारको विषय अझै कठिन



Spread the love

४ भाद्र, काठमाडाैँ – स्पेनिस बार्सिलोनाले आफ्ना पूर्व खेलाडी नेयमार भित्र्याउन पिएसजीसामु गरेको प्रयास पुनः विफल भएको जनाईएको छ । बार्सिलोनाले अर्को सिजन नेयमार किन्ने सहित गरेका प्रस्तावहरू अपुर्ण रहेको भन्दै पिएसजीले प्रस्ताव अस्विकार गरेको बताइएको हो ।

के भयो बार्सिलोना र पिएसजीबिचको कुराकानीः

बार्सिलोनाले पिएसजीसामु नेयमार भित्र्याउनका लागि लोनको प्रस्ताव गर्यो ।

बार्सिलोनाले नेयमारका लागि यो सिजन केही पेश्की दिने र अर्को सिजनको सुरूवातमा १७० मिलियनमा नेयमार भित्र्याउने प्रस्ताव पिएसजीसामु गर्यो ।

पिएसजीले नेयमारका लागि १०० मिलियन सहित नेल्सन सेमेडो र उस्मान डेम्बेलेको माग गर्यो ।

नेयमारको डिलमा बार्सिलोनाले खेलाडीको सहभागिता नगराउने भएपछि नेयमारको विषय अझै कठिन अवस्थामै रह्यो ।

 

प्रतिक्रिया दिनुहोस्