Logo

२ सय ७२ छात्रालाई साइकल



Spread the love

४ भाद्र, महोत्तरी – प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले महोत्तरीका विभिन्न स्थानमा गरी दुई सयभन्दा बढी छात्रालाई साइकल वितरण गरेका छन् । मंगलबार दिउँसो महोत्तरीका विभिन्न स्थानमा गई ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत सो साइकल वितरण गरिएका हुन् ।

मंगलबार एकै दिनमा जिल्लाको सरपल्लोमा ७५, मनरामा ४०, गैँडाभेटपुरमा ५२ र रामगोपालपुरमा १०४ गरी २७१ छात्रालाई जनही एक थानका दरले साइकल वितरण गरेका हुन् । कक्षा ८ मा अध्ययनरत् सो छात्राहरुलाई ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत यहाँका छात्रालाई उच्च शिक्षातर्फ आकर्षित गर्न साइकल वितरण गरिएको महेन्द्र मावि रामगोपालपुरका प्रधानाध्यापक धीरेन्द्रकुमार मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस्