Logo

रथयात्रामा हेलिकप्टरबाट पुष्पार्पण हुने



Spread the love

४ भाद्र काठमाडाैँ – भगवान् श्री राधाकृष्ण रथयात्राको ५२ औँ महोत्सवका लागि तीव्र गतिमा तयारी भइरहेको छ । राधाकृष्ण रथयात्रा समारोह समिति–२०७६ द्वारा मंगलबार आयोजित पत्रकार भेटघाटमा समितिका अध्यक्ष बाबुराजा ओझाले भदौ ७ गते अपराह्न निस्कने राधाकृष्ण रथयात्रामा हेलिकप्टरबाट पुष्प अर्पण हुने बताए ।

अपराह्न युगल जोडी राधाकृष्ण विराजमान रथ मन्दिरबाट प्रारम्भ भई शहरका विभिन्न स्थान परिक्रमा गरी पुनः मन्दिरमा पुगी धार्मिक सभामा परिणत हुनेछ । विसं १९८८ देखि खट यात्राको रुपमा शुरु भएकामा विसं २०२५ देखि रथयात्राको रुपमा परिणत भएको हो ।

प्यागोडा शैलीमा निर्माण गरिएको रथ लम्बाइ २२ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिटको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट लम्बाइका दायाँ र बायाँपट्टि लठ्ठा (डोरी) रहनेछ । दायाँपट्टिको लठ्ठामा पुरुष र बायाँपट्टिको लठ्ठामा महिला भक्तजनले समाई रथ सञ्चालन गर्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्