Logo

बार्सिलोनालाई खेलाडीको चोटकै पिरलो



Spread the love

४ भदौ काठमाडौं । कप्तान लियोनेल मेस्सीले चोटका कारण ला लिगाको पहिलो खेलमा गुमाएको बार्सिलोनालाई खेलाडी चोटको भार बढ्दै गईरहेको छ । चोटकै कारण एथ्लेटिक बिल्वाओविरुद्धको खेलमा उरुग्वेन फवार्ड लुइस सुआरेज चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । यहि क्रममा औसमाने डेम्बेले पनि थपिएका छन् ।

डेम्बेले पनि घाइते भएसंगै बार्सिलोना थप समस्यामा परेको हो । चोटकै कारण कप्तान मेस्सी र लुइस स्वारेज पनि टोलि बाहिर रहेका छन् । फ्रेन्च युवा फरवार्ड ओस्माने डेम्बेले ह्यामिस्ट्रिङ चोटले गर्दा कम्तीमा पाँच साता मैदान बाहिर रहने छन् । मेडिकल रिपोर्ट अनुसार उनको बायाँ खुट्टाको ह्यामिस्ट्रिङ भएको छ ।

अर्काे साता हुने खेलको लागि मेस्सी र सुआरेज फर्कने सम्भावना रहेको छ । अर्काे साता बार्सिलोनाले रियल बेटिससँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्