Logo

एक व्यक्ति जसले प्रेमिकालाई मारेर मासु खाए !



Spread the love

एजेन्सी । ६० वर्षीय  पल ड्युरेन्ट १५ वर्षको जेल सजाय भोगेर भर्खरै जेलबाट छुटेका छन् । आफ्नो सजाय पुरा गरेर उनी जेल मुक्त भए पनि उनको  मुक्तिलाई लिएर लन्डन काँपेको छ ।

जेलबाट छुटेका पल  पूर्वी लण्डनस्थित एउटा फ्ल्याट बस्दै आइरहेका छन् । तर उनको अपराधलाई जान्ने र उनलाई चिन्ने आफन्त एवं छरछिमेक उनको रिहा प्रति कत्ति पनि खुसी छैनन् । उनीहरु पल बाँचुञ्जेल जेलमै  रहुन  ।

उनले त्यस्तो के गरेका थिए  ?

उनी  ब्रिटेनमा बस्थे । उनी लागुऔषध दुर्व्यसनी थिए । लागुऔषध सेवन गर्नकै लागि  उनी चोरी र लुटपाट उत्रन्थे । उनको यियस्ता आपराधिक गतिविधि बढीरहेको थियो । उनी लुटपाटका दुई मामलामा फरार थिए । ब्रिटेनको पुलिस उनलाई दिनरात खोजिरहेको थियो । उनी भने भागेर स्पेन पुगे ।

त्यसक्रममा उनको करेनसँग भेट भयो ।  आफ्ना श्रीमानसँग सम्बन्धविच्छेद भइसकेकी ४१ वर्षकी करेन दुई बच्चाकी आमा  थिइन् । उनी परिवारसँग अलग स्पेनको काल्पे शहरमा बस्थिन् । उनीसँग भेट भएको एक हप्ताभित्र पल करेन बस्ने बिल्डिङको माथिल्लो तल्लामा सरे ।

सम्बन्धित छवि

कुरा सन् २००४ को फेब्रुअरीको हो । करेन करिब हप्तादिनसम्म आफ्नो फ्ल्याटबाट बाहिर निस्किनन् । छिमेकीलाई शंका भयो । पुलिसलाई जानकारी दिए । पुलिसले करेनको फ्ल्याटको ढोका फुटाउँदा भित्र अत्यधिक रगत र रगत लत्पत्तिएका केही चक्कु छरपस्ट थिए । पुलिसले पलको खोजी शुरु गर्यो ।

 Durant led away by Spanish police after the murder in early 2004 in a village near Benidorm

अन्ततः उनी पक्राउ परे । उनले करेनको हत्या गरेको स्विकारे । करेनलाई हथौडाले हानेर मारेको र शवलाई स–सानो टुक्रामा काटेको पनि पुलिसलाई जानकारी दिए । साथै, उनको शरीरको खान मिल्ने अंग खाएको पनि उल्लेख गरे । करेनको शव भेट्न सकिएन । सुनुवाईको क्रममा उनका एकजना साथी पनि उपस्थित भएका थिए जसले पलले आफूलाई प्रेमिकाको हत्या गरेर उनको मासु खाएको बारे जानकारी दिएको बताए ।

करेनको हत्या आरोपमा पलललाई १२ वर्षको सजाय भयो । साथै चोरी र लुटको मामलामा उनले १५ वर्षको जेलमा बिताउनु थियो । सजाय पूरा भएपछि सन् २०१९ मा उनलाई स्पेनको जेलबाट रिहा गरियो ।द सनको रिपोर्ट अनुसार करेन परिवारले पल जेलबाट छुटिएपछि आफूहरुलाई निकै डर लागेको बताए । परिवारका अनुसार पलले आफ्नो अपराध कबुल गरेका थिए त्यसकारण उनलाई छोड्नु सही होइन ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्