Logo

‘दि कर्मा’को निर्माण घोषणा सँगै पोस्टर सार्वजनिक



Spread the love

थिम पोस्टर सार्वजनिक गर्दै नेपाली चलचित्र ‘दि कर्मा’ को निर्माण घोषणा गरिएको छ । तराई भेगमा पर्ने नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित रहि बन्न लागेको यो चलचित्रलाई विश्वदिप घिमिरेले निर्देशन गर्नेछन् । नेपाल भारत सीमा क्षेत्रका नेपालीहरुको सत्य घटनामा आधारित रहेको यो चलचित्रले बदलाको कथा प्रस्तुत गर्नेछ ।

मानिसले आफ्नो समयमा गर्ने कामको प्रतिफल जनाउने यो फिल्ममा मुम्बईका कलाकार दिपक आनन्दको प्रमूख अभिनय रहनेछ। बलीउड तथा दक्षीण भारतिय फिल्ममा सक्रिय रुपमा काम गरिरहेका दिपकले लभ सब प्यार व्यार, अञ्जान ह्यांग टिल डेथ लगायतका टलिउड फिल्म साथै मराठी फिल्म र विज्ञापनहरुमा अभिनय गरिसकेका छन्। यो फिल्ममा दिपक भारतबाट नेपाल आएर सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा देखिनेछन्।

जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा बन्ने एक्शनप्रधान फिल्म ‘दि कर्मा’को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा हुनेछ । २०७४ भित्रै रिलीज लक्ष्य राखिएको यो फिल्म कार्तिक तेश्रो हप्ताबाट छायांकनमा जानेछ । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गर्नेछन् । जय राज राय र निशा खतिवडा निर्माता रहेको यो फिल्ममा नेपाली र हिन्दी भाषामा बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्