Logo

रवि पत्नी निकिताद्वारा चितवन प्रहरी प्रमुखसहित तीन जनाविरूद्ध उजुरी



Spread the love

४ भदौ काठमाडौं ।  पत्रकार शालिकरामको आत्महत्या प्रकरणमा हिरासतमा रहेका रवि लामिछानेकी श्रीमती निकिता पौडेलले पुडासैनीको भिडियो अनुसन्धान नसकिँदै सार्वजनिक गरेको भन्दै तीन जनाविरूद्ध प्रहरीमा उजुरी दिएकी छिन्।

महानगरीय प्रहरी परिसर काठमाडौंमा निकिताले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार उजुरी दिएकी हुन्।

मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार उजुरी दर्ता गर्न लागेकाे निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईले जानकारी दिएका छन् । यद्यपि, उनको उजुरी भने कार्यालय प्रमुख र उपप्रमुख नरहेको भन्दै दर्ता हुन सकेको छैन ।

चितवन प्रहरीले पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्