Logo

बालबालिकालाई पूजापाठ गर्न किन सिकाउने ?



Spread the love

पूजापाठ गर्नु भनेको मन शुद्धिकरण गर्ने विधी हुन् । पूजापाठ गरिरहँदा हामी कसैप्रति समर्पित, कृतज्ञ हुने गर्छौं । यसबेला हाम्रो मनमा नकारात्मक भाव आउँदैन । यो एक विधी हो । तपाईं मठमन्दिर धाउनुहुन्छ, पूजापाठ गर्नुहुन्छ । यावत् विधी सम्पन्न गरिरहँदा तपाईंले आफ्नो बालबच्चालाई पनि सम्झनुहुन्छ ? तर , आफुसँगै पूजापाठ गरेमा, प्रार्थना गरेमा उनीहरुको पढ्ने समय खेर जान्छ भन्ने तपाईंलाई लाग्न सक्छ ।

तपाईंसँगै बच्चा पनि मन्दिर जान चाहन्छन्, पूजापाठ गर्न चाहन्छन् । यद्यपी उनीहरुलाई त्यसमा तपाईंले अनुमति दिनुहुन्न । हामीले बालबालिकालाई सानै उमेरदेखि पारिवारिक संस्कार सिकाउनु पर्छ । पूजापाठ गर्नु, मठ-मन्दिर धाउने हाम्रो पारिवारिक संस्कारकै एक अंश हो ।
बालबालिकाले पूजापाठ गर्दा के हुन्छ ?

उनीहरुले आफ्नो परिवारको संस्कारलाई बुझ्छन् । यसभन्दा बढी चाहि उनीहरु स्वयम् पनि पूजापाठ, भक्तिभावबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । यही विधीमा हामीले आफ्नो बालबालिकालाई पनि अभ्यस्त गराउन सकिन्छ । यसले उनीहरुमा भक्ति भावको पनि विकास हुन्छ । आफुभन्दा ठूला मान्छेप्रति श्रद्धा गर्न सिक्छन् । पूजापाठ गर्नुअघि शरीर शुद्धिकरण गरिने हुनाले उनीहरुलाई जीवनमा अनुशासित हुन सिकाउँछ । तपाईंले बालबालिकालाई मन्दिर जान प्रेरित गर्न सक्नुहुनेछ । उनीहरु मन्दिर जानेछन्, त्यहाँको माहौल हेर्नेछन् ।

किन पूजापाठ गर्ने ?

मन्दिर धाउनु, पूजापाठ गर्नु भनेको मनलाई शान्त र शुद्ध तुल्याउनु हो । यसले मनलाई सकारात्मक बनाउँछ । जब मनलाई शुद्ध गरेर यस किसिमको सकारात्मक भावहरु पैदा गर्नुहुनेछ, तपाईंमा धार्मिक प्रवृत्ति विकास हुनेछ ।

प्रतिक्रिया दिनुहोस्