Logo

सफलतामा रोकावट आइरहेको छ भने घरमा क्याकटस रोपौँ



Spread the love

वास्तुशास्त्रका अनुसार घरमा क्याकटस रोप्दा नकारात्मक शक्तिले तपाईं र तपाईंको परिवारलाई प्रभावित गर्छ । यसको अशुभ प्रभावले व्यापार, व्यवसाय, जागिरमा बाधा आउँछ र भाग्यले पनि साथ दिँदैन ।

तर यदि क्याकटस घरभन्दा ५० मिटर वा त्योभन्दा टाढा छ र दक्षिण–पश्चिम दिशामा छ भने यसले तपाईंको सफलताको मार्ग प्रशस्त गर्छ । यसका साथै तपाईंको घरको रोग र तनावलाई हटाएर दुर्भाग्यलाई तादी राख्छ ।

यदि सफलतामा रोकावट आइरहेको छ भने घरको दक्षिण–पश्चिम दिशामा क्याकटस वा कुनै काँडा भएका बोट लगाइएको छ भने त्यसमा दुध र पानी हाल्नुपर्छ । यस्तो गर्दा तपाईंको सफलतामा आइरहेको रोकावट हटेर जान्छ ।

तनाव वा कुनै डर छ भने राति सुत्नुअघि तामाको भाँडा वा कुनै लोटामा पानी भर्नुहोस् र बिहान कसैसँग कुरा नगरी उक्त पानी क्याकटसमा हाल्नुहोस् ।

घरको सदस्यमा आपसी विवाद हुन्छ भने वा कोही न कोही बिरामी भइरहन्छन् भने तामाको भाँडामा पानी भरेर घरभरी घुमाउनुहोस् । पूर्वबाट सुरु गरेर क्लक वाइज दक्षिण, पश्चिम र उत्तरसम्म जानुहोस् । त्यसपछि घरभन्दा टाढा दक्षिण–पश्चिम दिशामा कुनै क्याकटसमा त्यो पानी हाल्नुहो् ।

प्रतिक्रिया दिनुहोस्