Logo

घरमा यस्ता वास्तुदोष भए टिक्दैन पैसा



Spread the love

वास्तुशास्त्र अनुसार दक्षिण, उत्तर–पूर्व र उत्तर–पश्चिमलाई पैसाको दिशा मानिन्छ । घरका यी कुनामा किचन, बेडरुम, अँध्यारो, ढोका र धन संचय गर्ने स्थान भए समस्या देखिने गर्छ ।

यस्ता छन् वास्तुदोषः

– वास्तुशास्त्रमा उत्तर–पूर्वलाई धन आगमनको दिशाको रुपमा मानिन्छ । यो दिशामा गह्रुँगो सामान र फोहोर राख्दा धन आगमनमा समस्या हुन्छ र घरमा पैसा टिक्दैन ।

– उत्तर–पश्चिम दिशामा अँध्यारो हुनु हुँदैन । यो दिशाको कुनामा अँध्यारो हुँदा पैसा खर्च भइरहन्छ ।

– वास्तुका अनुसार दक्षिणलाई यमको दिशा मानिन्छ । यो दिशामा ढोका राख्नु हुँदैन र पैसा, गरगहनालगायतका आफ्ना सम्पत्ति केही पनि संचय गर्नु हुँदैन ।

– घरका मूलीको कोठा दक्षिण–पूर्व दिशामा नुहँदा घरमा आर्थिक समस्या भईरहन्छ ।

– उत्तर–पूर्व दिशामा किचन हुँदा घरको आर्थिक स्थिती गडबड हुन थाल्छ ।

प्रतिक्रिया दिनुहोस्