Logo

चलचित्र ‘पासवर्ड’ को प्रिमियर शोमा नेपाल आउने पक्का-सन्नी



Spread the love

बलिउड चलचित्र हेर्ने जो-कोहीका लागि सु-परिचित नाम हो- सन्नी लियोनी ।  बलिउडकी हट एण्ड ग्ल्यामरस नायिका सन्नीले नेपाली चलचित्र ‘पासवर्ड’को ‘आजको साम’ बोलको गीतमा धमाकेदार आइटम डान्स गरेकी छिन् । सन्नीले आइटम डान्स गरेका कारण यो चलचित्र लामो समयदेखी प्रतीक्षामा रहेको छ ।

 उनले आइटम डान्स गरेको चलचित्र ‘पासवर्ड’ ले अहिले चर्चा नै चर्चा बटुलेको छ । यसै चलचित्रको प्रिमियर शोका लागि नेपाल आउने सन्नीले अन्तरवार्ता बताएकी छिन् ।

चलचित्र यही भदौ २७ गते बाट देशभर प्रदर्शनमा हुँदैछ । यस चलचित्रको प्रिमियर सोमा सहभागी हुन सन्नी लियोनी नेपाल आउने पक्का भएको छ ।

चलचित्रको मुख्य भूमिकामा नायक अनुपविक्रम शाही, विक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रवीण खतिवडा, लिशा सुनार, परि राना लगायतका कलाकारको अभिनय रहेको छ । नायिका सन्नीले पनि चलचित्रमा फिचर्ड रहेको खुल्न आएको छ । चलचित्रलाई सौरभ लामाद्वारा छायाङ्कन गरेको चलचित्रलाई विक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । यो चलचित्र दर्शक श्रोताले अत्यधिक रुचाउने निर्देशक सम्राट बस्नेतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्