Logo

स्वास्थ्य परीक्षणका लागि फेरि सिंगापुर जाँदै प्रधानमन्त्री



Spread the love

५ भदौ, काठमाडौं । स्वास्थ्य परीक्षणका लागि  प्रधानमन्त्री केपी शर्मा ओली आज सिंगापुर जाँदैछन् ।  १० दिनअघि मात्र सिंगापुरबाट स्वास्थ्य परीक्षण गराएर स्वदेश फर्केका प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या देखिएपछि आज फेरि सिंगापुर जाने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार बिहीबार (आज) दिउँसो साढे १ बजे थाई एयरमार्फत सिंगापुर प्रस्थान गर्न लागेका छन् । उनका साथमा पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंहलगायत पनि सिंगापुर जाने तय भएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कति दिन त्यहाँ रहन्छन् भन्नेबारे केही बताइएको छैन । यसअघि नौ दिनकाे सिंगापुर बसाइपछि उनी स्वदेश फर्केका थिए । यसअघि स्वास्थ्य परीक्षण गराएकाे नेसनल युनिभर्सिटी हस्पिटलमा नै यस पटक पनि उनकाे स्वास्थ्य परीक्षण हुनेछ ।

मिर्गौला बिरामी पीडित प्रधानमन्त्री ओली ले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए । मिर्गौला प्रत्यारोपणपछि भारत र बैंकक गएर स्वास्थ्य परीक्षण गर्ने गरेका प्रधानमन्त्रीले बिचमा स्वदेशमै उपचार गराएका थिए । तर, उनी गत साउन १८ गते सिंगापुर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्