Logo

अछाममा जिप दुर्घटना, ३ जनाको मृत्यु



Spread the love

५ भदौ, काठमाडौं । अछाममा जिप दुर्घटना  हुँदा तीन जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन् । कैलालीको रामारोशनबाटअछामको मुजावगरबाट जयगढ जाँदै गरेको से १ ज ९९५ नम्वरको जीप सुकिबाग डिल्लीबजार नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछाममले जानकारी दिएके छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार दुर्घटनामा परि बान्नीगढी जयगढ गाउँपालिका-४ का ३८ वर्षीय कालुसिंह आउजी, सोही ठाउँका ३७ वर्षीय अशोक परियार र बैतडीको डिलासैन गाउँपालिका-३ का २२ वर्षीय लालबहादुर बोहराको मृत्यु भएको हो । परियारको घटनास्थलमै र आउजी र बोहराको उपचारको क्रममा राति सवा ११ बजे मृत्यु भएको  हाे ।

दुर्घटनामा जिप चालक कैलालीको घोडाघोडी नगरपालिका-७ कीर्तिपुर बस्ने अन्दाजी २६ वर्षीय जनजीर चौधरी र कैलालीको धनगढी उपमहानगरपालिकाका अन्दाजी २५ वर्षीय घनश्याम चौधरी घाइते छन् । उनीहरुको अवस्था मध्यम रहेको र बयलपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्