Logo

प्याज एक फाइदा अनेक !



Spread the love

प्रत्येक मानिसहरूको भान्सामा प्याज अवश्य नै पाइने गरिन्छ l किनकि प्याजले तरकारीको स्वाद बढाउने गर्छ l जसले गर्दा हामी सबै जनाले यसको प्रयोग गर्ने गर्छौँ l प्याज बिनाको तरकारी भने अक्सर खल्लो नै हुन्छ l त्यसैले हामीले प्याजको सेवन गर्दछौँ l तर प्याजले तरकारीको स्वाद मात्र नबढाई यसले विभिन्न समस्याबाट पनि छुटकारा दिलाउन मदत गर्छ l कस्तो समस्याबाट छुटकारा दिलाउँछ त प्याजले? आउनुहोस् चर्चा गरौँ यसको बारेमा l

कुकुरले टोक्दा
यदि तपाईँलाई कुनै कुकुरले टोकेको छ भने नदिनुहोस् l प्याज पिँधेर त्यसमा मह मिसाएर पेस्ट बनाएर कुकुरले टोकेको ठाउँमा लगाइदिनुहोस् l जसले सङ्क्रमणलाई केही समय रोक्ने काम गर्दछ l

लाम्खुट्टेले टोक्दा
सुत्ने बेला लाम्खुट्टेले टोकेर रातो फोका उठाई दिएको छ भने सो स्थानमा पनि प्याज काटेर दलिदिनुहोस् । जसलाई दल्दा फुलेको र फोका आएको समस्याबाट छुटकारा दिन्छ l

कपाल झर्दा
यदि तपाइ कपाल झरेर हैरान हुनुहुन्छ भने टाउकोको छालामा प्याजलाई काटेर दल्नुस् । जसको कारण कपाल झर्न जस्ता समस्या बन्द हुन्छ l

पैताला पोल्दा
तपाईँ पैताला पोलेर चिन्तित हुनु भएको छ भने पनि पोलेको स्थानमा प्याज लगाउनुहोस् l यसो गर्नाले पैताला पोल्न छोड्छ र राहत मिल्दछ l

छालाको सङ्क्रमण
यदि तपाईँको छालामा सङ्क्रमण भएको छ भने नआतिनुहोस उक्त सङ्क्रमण भागमा प्याज काटेर त्यसको टुक्रा दल्नुस् । जसले गर्दा सङ्क्रमण हराउँछ ।

प्रतिक्रिया दिनुहोस्