Logo

व्यायाम गर्दा यी कुरालाई ध्यानमा राखौं !



Spread the love

हामीलाई थाहा छ नियमित व्यायाम गर्नाले शरीरलाई निरोगी, बलियो बनाउनका साथै फुर्तिलो पनि बनाउँदछ l जसले गर्दा मानिसहरूमा जोस र जागर उत्पन्न हुने गर्छ l त्यसैले नियमित व्यायाम गर्नु स्वास्थ्यको लागि फाइदाजनक रहन्छ l तर व्यायाम गर्ने भन्दैमा जस्तोसुकै व्यायाम भने गर्नु हुँदैन l व्यायाम गर्दा विधिपूर्ण गर्नुपर्छ l यदि हामी विधि नपुर्याई व्यायाम गर्दछौँ भने हाम्रो शरीर निरोगी होइन रोगी बन्न सक्छ ! त्यसैले व्यायाम गर्दा यी कुरामा ध्यान दिने गरौँ l

सुरुवात
यदि तपाईँ भर्खर भखरै व्यायाम गर्दै हुनुहुन्छ भने पहिले दिन धरै गर्नुहोस् l किनकि सुरुको दिन बढी व्यायाम गर्नाले यसले तपाइको शरीरलाई हानी गर्न सक्दछ l त्यसैले सुरुको दिन ठिक्क मात्र व्यायाम गर्नुहोस् l

उमेर
हुन् त व्यायाम गर्नु सबै उमेरका लागि फाइदाजक नै हुन्छ । तर कस्तो किसिमको व्यायाम गर्ने, कुन गतिमा गर्ने भन्ने कुरा चाहिँ उमेरले पनि निर्धारण गर्छ । त्यसैले व्यायाम गर्नुअघि विज्ञसँग परामर्श लिएर मात्र व्यायाम सुरु गर्नुपर्छ l

डाइट
व्यायाम गर्ने नाममा सो मात्र गरेर केही हासिल हुँदैन त्यसका साथसाथै उचित डाइटको पनि आवश्यकता पर्दछ । व्यायामगरिसके पश्चात् चाँडै पचाउने प्रोटिन र कार्बोहाइड्रेट सेवन गर्नुहोस् । जसले शरीरमा एमिनो एसिड आपूर्तिका साथसाथै मांसपेशीको निर्माणमा पनि मदत पुर्याउदछ ।

प्रकार
तपाईँले व्यायाम जुन प्रकारको गर्दै हुनुहुन्छ, त्यसलाई विधिपूर्वक ढङ्गले गर्नुपर्छ । जुन व्यायाम, जसरी, जुन गतिमा गर्नुपर्ने हो सोही प्रकारले गर्नुहोस् । आफ्नो मर्जीले फेरबदल नगर्नुहोस् । अन्यथा तपाईँको स्वास्थ्यका लागि यो हानिकार पनि हुन सक्नेछ l

वामअर्प
व्यायाम गर्नुअघि वामअर्प अनिवार्य छ, ताकि तपाईँको शरीर व्यायामको लागि पूर्णरुपमा तयार भएको होस् । यदि व्यायाम गर्नुअघि वार्मअप गर्नु भएन भने तपाईँले हानी पनि व्यहोर्नु पर्ने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्