Logo

यसरी बन्छ मर्सिडिजको कार (भिडियो)



Spread the love

५ भाद्र, काठमाडाैँ – जर्मन मर्सिडिज बेन्ज सौखिनको प्रतीक हो । संसारमा ठूला तथा प्रतिष्ठित अन्य बहुमुल्य कारहरू भएता पनि सम्पन्नताको प्रतिक झल्काउने छुट्टै ब्राण्ड नै बनिसकेको छ मर्सिडिज । अहिले यो उत्पादक संस्था बहुराष्ट्रिय भइसकेको छ । यस कम्पनीले कार, बस, ट्रकहरू उत्पादन गर्दछ ।

मर्सिडिजको हेडक्वाटर स्टुटगार्टको वाडेन–वुर्टेम्वर्गमा रहेको छ । सन् १९२६ मा सबैभन्दा पहिले डिम्लर बेन्जको नामबाट मर्सिडिजको स्थापना भएको थियो । २०१८ मा यो कम्पनी संसारमा सबैभन्दा धेरै सौखिन साधन बिक्री गर्ने कम्पनीको पहिलो स्थानमा रहेको थियो । यो वर्ष यस कम्पनीले २.३१ मिलियन कारहरू बिक्री गरेको थियो ।

आकर्षक लुक्स र सौखिनका सामानहरूले भरिएको देख्दा मर्सिडिजले ठुलै मेहनत यसको सजावटमा खर्च गरेको जस्तो लाग्छ । सबैको कौतुहलताको विषय पनि हुन सक्छ आखिर मर्सिडिज बन्छ कसरी?

हामीले मर्सिडिज कसरी बन्छ भन्ने सामग्री प्रस्तुत गरेका छौँ ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

 

यो भिडियो हामीले फेसबुकबाट साभार गरेका हाैँ ।

प्रतिक्रिया दिनुहोस्