Logo

कसरी पाउने कालो गर्धनबाट छुटकारा? अपनाउनुहोस् यी विधि



Spread the love

सबै जसो मानिसहरू आफू सुन्दर देखुन् भन्ने चाहन्छन् l अझ पुरुषभन्दा पनि युवतीहरूमा सुन्दर देखिने चाहना बढी मात्रा हुने गर्छ l उनीहरू चाहन्छन् कि स्वयंको चेहरा अन्यको भन्दा आकर्षित होस् l जसका लागि युवतीहरू महँगो सामानहरूको प्रयोग समेत गरिरहेका हुन्छन् l तर उनीहरूले गर्धनको सुन्दरता प्रति भने त्यति धरै चासो दिदैन् l जस कारण गर्धनको छाला कालो हुने र डढेको जस्तो देखिन्छ । सुन्दर अनुहारको साथै सेतो गर्धन भयो भने सुन्दरतामा सुनमा सुगन्ध भरिन्छ । त्यसैले अनुहारको सुन्दरता जस्तै गर्धनको सुन्दरतामा पनि उत्तिकै ध्यान दिन आवश्यक छ । उक्त कारण आउनुहोस् चर्चा गरौँ यसबारे l आखिर कसरी बनाउने त कालो गर्धनलाई सुन्दर गर्धन?

यसरी बनाउन सकिन्छ कालो गर्धनलाई सुन्दर :

  • गर्धन सफा गर्नका लागि सबैभन्दा उत्तम उपाय भनेकै स्क्रब हो । स्क्रब बनाउनका लागि दुई चम्चा बदामको धुलोमा तीन चम्चा दूध मिसाउनुहोस् l जसलाई मिसाउँदा स्क्रब तयार हुन्छ l
  • यदि तपाईँ आफ्नो गर्धनको कालोपना हटाउनका चाहनुहुन्छ भने दिनमा चार पटक काँक्रोको रसले वा नरिवलको पानीले गर्धन सफा गर्ने गर्नुहोस् l जसले गर्दा तपाइको गर्धन सुन्दर बन्दछ l
  • एक-एक चम्चा आलुको रस, दूध र केही थोपा नरिवलको तेल एक अर्कामा मिसाउनुहोस् l त्यस पश्चात् सो मिश्रणले आफ्नो कालो गर्धनलाई बारम्बार पुछ्नुहोस् । यसो गर्नाले गर्धन सफा रहन्छ l
  • दुई चम्चा कागतीको रसलाई महमा मिलाएर पेस्ट तयार पार्नुहोस् । यो पेस्टलाई आफ्नो गर्धनमा २० मिनेटसम्म लगाइ रहनुहोस् र पछि पानीले पखाल्नुहोस् । जसले गर्धनका फोहोर पनि सफा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्