Logo

मेस्सी बार्सिलोनाको नियमित प्रशिक्षणमा सामेल



Spread the love

५ भदौ, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लियोनल मेसी नियमित अभ्यासमा सामेल भएका छन् । पिडौलामा चोट देखिएपश्चात मेसी केही समयदेखि टोलीको नियमित अभ्यासमा समावेश भएका थिएनन् भने प्रि–सिजन टुरमा पनि सामेल भएनन् ।

पिडौलाका चोटले गर्दा फिजियो थेरापी गराएर आराम गरिरहेका मेस्सी बुधबारदेखि टोलीको अभ्यासमा फर्किएका छन् । बार्सिलोनाले मेस्सी प्रशिक्षणमा फर्किएपश्चात राहत महशुस गरेको छ । मेस्सी ला लिगाकै तयारीका क्रममा एक साता अघि घाइते भएका थिए ।

साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगाको पहिलो खेलमै एथ्लेटिक बिल्बाओसँग पराजय व्यहोर्नु परेको छ । आइतबार बार्सिलोनाले लिगको दोस्रो खेलमा रियल बेटिससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्