Logo

रातको समय किन सुत्दैनन् बालबालिका? जान्नुहोस् कारण



Spread the love

के तपाइ बच्चाबच्चीहरू रातमा नसुतेर हैरान हुनुहुन्छ? र तपाईँलाई तपाइको बालबालिका रातमा नसुत्नुको कारण थाहा छैन? यदि तपाइको बालबालिका रातमा सुत्दैनन् र कारण पनि थाहा छैन भने आउनुहोस् चर्चा गरौँ l आखिर किन त रातमा सुत्ने गर्दैन् बालबालिका? थाहा पाउनुहोस् यसका कारण l

यस कारण रातमा सुत्ने गर्दैन् बालबालिका :

दिनमा धेरै सुत्ने बानी
यदि तपाइको बालबच्चा दिनमा धरै सुत्छन् भने याद गर्नुहोस् l उनीहरू रातमा पटक्कै पनि सुत्ने गर्दैन् l त्यसै तपाइको बालबालिकाहरू दिनमा धरै सुत्न नदिनुहोस् l किनकि दिनमा धरै सुत्नु पनि ठिक होइन ।

डरलाग्दो सपना
यदि तपाइको बालबच्चा रातमा सुत्दा डर लाग्दो सपना देखेर बिउँझिन्छ भने ख्याल राख्नुहोस् l तपाइको बच्चा रातमा फेरी सुत्न डराउँछन् र अनिदो नै बस्ने गर्छन् l यसले बच्चामा मानसिक तनाव बढ्छ र स्वास्थ्यमा पनि समस्या ल्याउँछ

राति डराउनु
डरलाग्दो सपना देख्नु र राति डराउनु दुई फरक कुरा हुन् । बेलाबखत बच्चाहरू रातमा अचानक ब्युँझने गर्छन् र चिच्याउँछन् । वा रुन थाल्छन् । यसमा सास फुल्ने, पसिना आउने, मांशपेसी च्यापिने समस्याले पनि हुनसक्छ ।

ओछ्यानमा पिसाब
पाँच वर्षभन्दा कम उमेरका बच्चाले ओछ्यानमा पिसाब गर्नु खासै ठुलो समस्या होइन । तर सो भन्दा बढी उमेरका बच्चाहरूले ओछ्यानमै पिसाब गर्छन्प्रा भने बुझ्नुहोस् l सो बच्चामा निद्रा सम्बन्धित समस्या छ ।

घुर्नु
यदि तपाइको बच्चाको घुर्ने बानी छ भने पनि तपाइको बच्चा रातको सुत्ने बखत अनिँदो रहन्छ l किनकि फोक्सोमा कुनै रोकावट छ भने मात्रा बालबालिका घुर्ने गर्छन् l

 

 

प्रतिक्रिया दिनुहोस्