Logo

भारतीय विदेशमन्त्री जयशंकरले भेटे राष्ट्रपति भण्डारीलाई



Spread the love

 

 

५ भदौं, काठमाडौँ l नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन आएका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

आज बिहान राष्ट्रपति निवास पुगेर राष्ट्रपतिसमक्ष मन्त्री जयशंकरले शिष्टाचार भेटवार्ता गरेका हुन् । उक्त भेटवार्तामा दुई मुलुकबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । आज मन्त्री जयशंकरको विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्