Logo

किन बोल्ने सत्य? जान्नुहोस् फाइदा



Spread the love

के तपाईँको झुटो बोल्ने बानी छ? यदि तपाइको झुटो बोल्ने बानी छ भने त्यस्तो बानीलाई त्यागेर तत्कालै सत्य बोल्ने बानी बसाल्नुहोस् l किनकि महाभारतको वनपर्वमा उल्लेख गरिएको छ, सत्य बोल्दा मानिसलाई फाइदा हुन्छ l आखिर के कुराहरूमा हुन्छ त फाइदा सत्य बोल्दा? आउनुहोस् चर्चा गरौँ यसबारे l

लामो आयु
यदि तपाईँ हमेशा सत्य बोल्नु हुन्छ भने तपाईँलाई कुनै पनि कुराको डर हुँदैन l र तपाईँ बच्ने दिने पनि लम्भिदै जाने गर्छ l त्यसैले सधैँ सत्य बोल्ने गर्नुहोस् l

सरलता
यदि तपाईँले कहिल्यै पनि झुट बोल्नु भएको छैन र सधैँ सत्यमा आधारित कुरा भन्नुहुन्छ भने तपाईँले आफ्नो समस्याको समाधान सरलतापूर्ण गर्न सक्नु हुनेछ l

मन शान्त
जो व्यक्ति सधैँ सत्य बोल्छ र अन्य व्यक्तिलाई कुराले ठकदैन् l त्यस किसिमको व्यक्तिको मन हमेशा शान्त रहन्छ l र कहिले पनि गलत निर्णयमा लाग्दैन् l

सुखी जीवन
यदि तपाईँ सुखी जीवन जिउन चाहनुहुन्छ भने सत्य बोल्ने बानी बसाली हाल्नुहोस् l किनकि मात्र सत्य बोल्ने व्यक्तिले सुखी जीवन जिउन सक्दछ l त्यसैले हमेशा सत्य बोल्ने गर्नुपर्छ l

प्रतिक्रिया दिनुहोस्