Logo

यस्ता चिजहरु सुत्ने समयमा आफ्नो नजिक नराख्नुहोस्



Spread the love

दिनभरीको भागदौड, व्यस्ततापश्चात पनि रातमा निन्द्रा नपरेको दुखेसो त छदैछ । शारीरिक तथा मानसिक दुवै कारणले रातमा निद्रा नपर्ने हुनसक्छ । हामीले गर्ने केहि गल्तीका कारण हामीलाई राम्रोसँग निन्द्रा लाग्दैन । बास्तु शास्त्रका अनुसार आफु सुत्ने विस्तारा नजिकै राखिने केही सामानहरुले पनि हाम्रो निन्दा बिगारिरहेका हुन्छ ।

जुत्ता–चप्पल
सुत्ने समयमा सधैँ आफ्ना जुत्ता–चप्पल कोठाभन्दा बाहिर राख्नुपर्छ हैन भने तपाईंमा नकारात्मक उर्जा पैदा हुन्छ ।

पानीको जग
पानीको भाँडा सिरानीमा राख्दा चन्द्रमा प्रभावित हुने र स्वाभावमा परिवर्तन गरेर रिसाहा प्रवृतिको हुन्छ ।

तेल
सुत्ने समयमा कुनै पनि प्रकारको तेल आफ्नो साथमा राख्नुहुँदैन । जसले गर्दा जीवनमा अनेक समस्या र उल्झनहरु आइपर्छन् ।

ऐना
पति–पत्नीको बिस्तारा नजिकै ऐना राख्नुहुँदैन । यसले शारीरिक रोग पैदा गर्नुका साथै पति–पत्नीबीच अनावश्यक मनमुटाव हुन्छ ।

मोबाइल तथा ल्यापटप
बास्तु शास्त्रले पनि मोबाइल र ल्यापटपले राहु दोष पैदा गर्ने र यसले मानिसमा असर गर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्