Logo

अध्यक्ष भट्टराई सत्तारुढ दलको सिटमा



Spread the love

५ भदौं, काठमाडौँ l समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई आजदेखि प्रतिनिधिसभामा सत्तारुढ दलको सिटमा बस्न थालेका छन् ।

आज सभामुख कृष्णबहादुर महराले सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको पत्र निर्वाचन आयोगले सङ्घीय संसदलाई पठाएको पत्र पढेर सुनाएका थिए ।

प्रतिनिधिसभामा यसअघि अध्यक्ष भट्टराई स्वतन्त्र सांसद बस्ने सिटमा बस्दै आएका थिए । नयाँ शक्ति पार्टीले राष्ट्रिय दलको मान्यता पाउन नसकेका कारण अध्यक्ष भट्टराई स्वतन्त्र सांसदको हैसियतमा थिए ।

तर पार्टी एकतापछि अध्यक्ष भट्टराई सत्तारुढ दलको सांसद बनेका छन् । उनी सत्ता पक्षतर्फ बस्न थालेपछि नेकपाका सांसद विरोध खतिवडाले बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्