Logo

प्रधानमन्त्री ओलीले मेरो शुभकामना अस्वीकार गरे : नेता नेपाल



Spread the love

५ भदौं, काठमाडौँ l आफूले गरेको स्वास्थ्यलाभको कामना प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेको नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् l

स्वयंले स्वास्थ्यलाभको कामना गर्दै शुभकामना दिँदा प्रधानमन्त्री ओलीले तपाईँको शुभकामनाको आवश्यकता छैन भनेर जवाफ फर्काएको नेता नेपालले बताए l

आज दिउँसो प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागी सिङ्गापुर प्रस्थान गरेका छन् । आज बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री ओली र नेता नेपालबीच चर्काचर्की भएको थियो ।

स्वयं उपस्थित नहुँदा बैठक डाक्ने अधिकार अर्का अध्यक्ष प्रचण्डलाई दिएका प्रधानमन्त्री ओलीले निर्णयहरू भने एक अर्काको सहमतिमा गर्नुहोस् भने पश्चात् नेता नेपालले प्रतिवाद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्