Logo

टाउको दुखाईबाट तुरुन्त राहत कसरी पाउने ?



Spread the love

धेरै जना टाउको दुखाईबाट पीडित हुने गर्छन् । आजको व्यस्त र तनवपुर्ण जिन्दगीमा टाउको दुखाई एक साधारण समस्या जस्तै भएको छ । तर लगातार टाउको दुख्ने समस्याले भने तपाईको कार्यक्षमता र तपाईको पुरै दैनिकीलाई प्रभावित गर्दछ । टाउको शरीरको संवेदनशील अंग भएकोले टाउको दुखाईलाई सामान्य रुपमा लिन नहुने डाक्टरहरु बताउँछन् ।

सामान्यतयाः मानिसहरु सामान्य टाउको दुख्नसाथ ‘एन्टिवायोटिक’को प्रयोग गर्दा यसको ‘साइड इफेक्ट’ हुने र यसले विस्तारै गम्भीर असर देखाउने गर्छ । लगातार टाउको दुखाईको समस्याबाट मुक्ति पाउन औषधी नै सेवन गर्नु भन्दा घरेलु र प्रकृतिक उपचार पद्धती बेश हुन्छ ।
तेलले मसाज गर्नुस्

यदि तपाईलाई बारम्बार टाउको दुखिरहन्छ भने तपाईले तेलले मसाज गर्न सक्नुहुन्छ । कपालको जरामा तेल लगाएर हल्का मसाज गर्ने गर्दा बारम्बार हुने टाउको दुखाईको समस्याबाट छुटकारा मिल्छ ।

गाईको दूध

तपाईलाई औषधिले पनि काम गरिरहेको छैन भने हरेक दिन गाईको मन तातो दूध पिउँने गर्नुस् तपाईंको टाउकोको समस्या विस्तारै कम हुँदै जान्छ ।

पानी

हल्का टाउको दुख्दा आधा गिलास तातो पानीमा कागतीको रस हालेर पिउँदा टाउको दुख्न कम हुँदै जान्छ ।

धनियाँ र चिनी

ज्वरो वा रुघाखोकीको कारण टाउको दुखेको हो भने धनियाँको पाउडर र चिनी मिसाएर झोल पिउँदा आराम मिल्छ ।

कफि

कफिमा पाइने क्याफिनले दुखाई कम गराउँछ । जसले पेन किलरको काम पनि गर्छ ।

अदुवाको चिया

अदुवा हालेर बनाएको चिया पिउँदा पनि टाउको दुखाई कम हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्