Logo

राष्ट्रपति भण्डारीद्वारा कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री पोखरेललाई



Spread the love

५ भदौं, काठमाडौँ l उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी छन् ।

राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोकेकी हुन् ।

आज दिउँसो प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर गएका छन् l प्रधानमन्त्री ओलीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि उपप्रधानमन्त्री पोखरेललाई कार्यवाहकको जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्