Logo

जन्मदिनको अवसरमा विद्यालयलाई स्यानिटरी प्याड भेन्डिङ मेसिन प्रदान



Spread the love

५ भदौ, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ स्थित सिद्ध बाबा माध्यमिक विद्यायलले स्यानिटरी प्याड भेन्डिङ मेसिन प्रदान गरेको छ । विगत लामो समयदेखी गुल्मीमा बसेर महिनावारी अभियन्ताको रूपमा सक्रिय भई काम गरी रहेकी पत्रकार गङ्गा खड्काले बिहीबार आफ्नो जन्म दिनको अवसर पारी विद्यालयलाई स्यानिटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण गरेकी हुन् ।

दुर्गम भेगमा बसेर महिनावारी अभियान कार्यक्रम प्रभाकारी ढङगबाट अगाडी बढाएको भन्दै खड्कालाई केही समय अघि मात्र खानेपानी तथा सरसफाइ मन्त्रालयले हौसला स्वरूप उक्त मेसिन प्रदान गरेको थियो । साथै सिद्ध बाबा माध्यमिक विद्यालय स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गर्न जिल्लाको पहिलो विद्यालय बन्न सफल भएको छ ।

बिहीबार हस्तान्तरण कार्यक्रम रेसुङ्गा नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सीता भण्डारी रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भरत भलामी तथा विद्यायलका प्रधानाध्यापक डोर विक्रम श्री सले मन्तव्य राख्दै खड्का प्रति आभार प्रकट गरेका थिए ।

प्रधानाध्यापक श्री सले महिनावारी अभियन्ता खड्कालाई जन्म दिनको शुभकामना व्यक्त गदै स्यानिटरी प्याड भेन्डिङ मेसिनको विद्यालयले अधिकतम प्रयोग गर्न बताए । त्यस्तै, कार्यक्रममा बोल्दै अभियन्ता खड्काले स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरेसँगै छात्राहरूलाई सहज हुने कुरा उल्लेख गरिन् ।

कार्यक्रममा विद्यायल व्यवस्थापन समितिका अध्यक्ष तिल बहादुर थापाको अध्यक्षता तथा शिक्षक टिका खड्काको सञ्चलालन रहेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्