Logo

सबै नागरिकले अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल



Spread the love

५ भदौं, काठमाडौँ l देशमा राजनीतिक अन्यौलता सिर्जना गर्दै परिवर्तन रोक्न खोजिएको प्रदेश–५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन् l

बर्दिया आएका मुख्यमन्त्री पोखरेलले देशभित्र धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताए । मुख्यमन्त्री पोखरेलले देशमा परिवर्तन ल्याएका राजनीतिक शक्तिहरू प्राप्त उपलब्धि जोगाउन एकै कित्तामा उभिएको सामन्तवादलाई पुर्नजिवित गर्ने प्रयास निरर्थक रहेको बताउँदै मुलुक परिवर्तनको प्रक्रियामा अघि बढिसकेकाले अवाञ्छित खेल सफल हुन नसक्ने दाबी गरेका छन् l

मुख्यमन्त्री पोखरेलले सञ्चारकर्मी शालिकराम पुडासैनीको मृत्यु प्रकरणतर्फ सङ्केत गर्दै घटनाको अनुसन्धान गर्ने काम राज्यको भएता पनि त्यसमा असर पार्ने काम स्वर्वसाधारणले गरिरहेको स्पष्ट पार्दै समाजलाई त्यस्ता गतिविधिले भलो नगर्ने बताए ।

मुख्यमन्त्री पोखरेलले भने, ‘घटनाको अनुसन्धान गर्ने अधिकार राज्यको हो यसमा कसैले पनि हिस्सा खोज्नु हुँदैन l अनुसन्धानलाई प्रभावित पार्ने गरी जनमतलाई उत्तेजित गर्नुहुँदैन । सबै नागरिकले अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्