Logo

पार्टी निर्माणमा मैले ठुलो योगदान गरेको छु : नेता गौतम



Spread the love

५ भदौं, काठमाडौँ l आफू पार्टीको उपाध्यक्ष हुँदा त्यसले पार्टी लगायत देशलाई पनि फाइदा हुने नेकपाका नेता तथा सचिवालय सदस्य वामदेव गौतमले बताएका छन् l

नेता गौतमले भने, ‘म उपाध्यक्ष हुँदा पार्टीलाई मात्र होइन, देशलाई फाइदा हुन्छ l पार्टी निर्माणमा मैले यत्रो ठुलो योगदान गरेको छु ।’

पार्टीको सङ्गठन विभाग प्रमुखको नयाँ जिम्मेवारी हासिल गरेका नेता गौतमले पार्टी निर्माणमा स्वयंले ठुलो योगदान पुर्‍याएको स्मरण गराउँदै अब पार्टीका सबै सदस्यलाई जनताको घरघरमा स्थापित गराउने नेता गौतमले बताएका छन् l

आफूले नेकपाका पार्टी सदस्यहरू अरूभन्दा फरक देखाउनको लागि सो पाइला चालेको नेता गौतमले बताए l नेता गौतमले भने, ‘अब त्यसैको लागि काम गर्छु ।’

पत्रकारहरूले यसअघि नभएको उपाध्यक्ष पद कसरी सिर्जना भयो भन्ने प्रश्न गर्दा दुवै अध्यक्षहरूलाई सोध्नुपर्ने नेता गौतमले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्