Logo

किर्गिस्तान एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश



Spread the love

५ भदौ, काठमाडौं । एभीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको फाइनलमा तुर्कमेनिस्तानलाई पराजित गर्दै किर्गिस्तान प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा किर्गिस्तानले तुर्केमिनिस्तानलाई ३ – ० को सोझो सेटमा पराजित गरेको हो ।

आर्मीको कबड हलमा भएको खेलमा किर्गिस्तानसंग तुर्कमेनिस्तानले २५–१८, २५–१७ र २५–२२ सोझो सेटमा पराजय व्यहोर्नु पर्यो । पहिलो सेटदेखि नै दबाब सिर्जना गरेको किर्गिस्तानले पहिलो सेट २५–१८ ले हात पारेको थियो ।

दोस्रो सेटमा पनि किर्गिस्तानले २५–१७ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो तथा अन्तिम सेटमा पनि किर्गिस्तान तुर्कमेनिस्तानमाथि हावी रहँदै २५–२२ ले जित निकाल्न सफल भयो ।

दोस्रो सेमिफाइनलमा उज्बेकिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्