Logo

साफ यू १८- च्याम्पियनसिपको खेल तालिका सार्बजनिक, नेपालको पहिलो खेल माल्दिभ्ससँग



Spread the love

५ भदौ, काठमाडौं । नेपालमा आगामी महिना आयोजना हुने यू–१८ साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । साविक विजेता नेपाल भुटान र माल्दिभ्स रहेको समूह ए मा परेको छ ।

असोज ३ देखि १२ गते सम्म हलचोकस्थित एपिएफको मैदानमा हुने प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहनेछ ।

नेपालले असोज ३ गते माल्दिभ्ससंग खेल्नेछ । नेपालले त्यसको दुई दिनपछि असोज ५ गते भुटानसँग खेल्नेछ । समूहको शीर्षस्थानमा रहने दुई टोली सेमिफाइनल पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्