Logo

विराटनगरमा पत्रकार रबि लामिछानेको समर्थनमा भोलि प्रदर्शन गरिने



Spread the love

५ भदौ, विराटनगर । विराटनगरमा भोलि युवाहरुको सहकार्यमा सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिने भएको छ । लामिछानेलाई सुनियोजित तरिकाले फसाउने प्रयास गरिएको भन्दै रविको रिहाइको लागि स्थानीय युवाहरुले दबाबमूलक प्रदर्शनको आयोजना गर्न लागेको हो ।

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै पत्रकार लामछिाने र युवराज कँडेललाई गत साउन २९ गते राति न्युज २४ टेलिभिजनको केन्द्रीय कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विराटनगर आसपास लगायत देशका विभिन्न ठाउँमा लामिछानेको पक्षमा आवाज उठ्न थालेपश्चात स्थानीय युवाहरुको सहकार्यमा प्रर्दशन आयोजना गर्न लागिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्