Logo

एमडी इन जनरल प्राक्टिसमा सिट निर्धारण नहुने



Spread the love

 

५ भाद्र, काठमाडाैँ – नेपाल मेडिकल काउन्सिलले आगामी शैक्षिक सत्रदेखि एमडी इन जनरल प्राक्टिस (एमडिजिपी) का लागि अन्य विषयका विभागलाई गणना गरेर सिट निर्धारण गर्ने परम्पराको अन्त्य गरेको छ ।

‘एमडी जनरल प्राक्टिस’ विषयमा भर्ना गर्दा अन्य विभागलाई देखाएर विद्यार्थी भर्ना गर्ने यसअघि परम्परा रही आएको थियो । काउन्सिलका रजिष्ट्रार डा दिलीप शर्माले अन्य विषयका विभागलाई देखाएर विद्यार्थी भर्ना गर्न पाउने प्रावधान खारेज गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनले भने, “शल्यचिकित्सा, स्त्रीरोग, बालरोग, हाडजोर्नीलगायत विभाग देखाएर एमडीजिपी विषयमा विद्यार्थी भर्ना हुने परम्पार थियो । यसलाई खारेज गरेका छौँ । आगामी शैक्षिकसत्रदेखि एमडिजिपीकै विभाग अनिवार्य गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्