Logo

मोनालिसा अभिनित भोजपुरी फिल्मको ट्रेलर रिलीज(ट्रेलर सहित)



Spread the love

दिव्य शक्ति इंटरटेंमेंट र मारुति फिल्म्स इंटरटेंमेंटको ब्यानरमा निर्मित भोजपुरी फिल्म ‘नथुनिये पे गोली मारे २’ को ट्रेलर रिलिज भएको छ । अहिले फिल्म पोस्ट प्रोडक्शनको अन्तिम तयारीमा रहेको छ ।यो फिल्म भोजपुरी फिल्म ‘नथुनिये पे गोली मारे’ को सीक्वल हो।

‘नथुनिये पे गोली मारे २’ उत्तर प्रदेश र बिहारका युवा पुस्ताको कहाँनीमा आधारित फिल्म हो, जहाँ जागिरको लागी के कस्तो दुक्ख भोग्नु पर्छ भन्ने फिल्ममा देखाउन खोजिएको छ ।‘नथुनिये पे गोली मारे’ भोजपुरि सुपर हिट फिल्म हो ।फिल्ममा गीत तथा संगीत अशोक कुमारको रहेको छ ।भोजपुरी इंडस्ट्रीका फिटनेस आइकन विक्रांत सिंह राजपूत, मोनालिसा, अवधेश मिश्रा, नमित तिवारी, अजय कुमार लगाएतको फिल्ममा अभिनय रहेको छ ।यस फिल्मका निर्देशक अजय श्रीवास्तव हुन ।

हेर्नुहोस् ट्रेलर: 

प्रतिक्रिया दिनुहोस्