Logo

कुमार अब कुमार रहेन !



कुमार अब कुमार रहेन ! – अनुपम पोखरेल

 

त्यो कार्यालय अनौठो यस कारणले थियो,

त्यहाँका सबै कारिन्दा ओशो रजनीशको नयाँ मानव ‘जोर्बा दि बुद्ध’ को आधा भाग जोर्बा जस्ता मस्त मौला थिए । कार्यालयको नाम र त्यहाँ गरिने कार्यको चर्चा यसकारण पनि महत्वपूर्ण छैन कि त्यहाँ काम निकै कम र कुरा चाहिँ निकै ज्यादा गरिन्थ्यो । कार्यालयको प्रमुख विषेशता के थियो भने- त्यहाँ जस्तै सरल र साधु व्यक्ति नयाँ कारिन्दाका रुपमा आएपनि केहि महिना भित्रै नामूद पियक्कड र स्त्रीलम्पटका रूपमा रुपान्तरित भइसकेको हुन्थ्यो ।

कार्यालयका सबै भन्दा ठुला कारिन्दा जसलाई सामान्यतया हाकिम भनिन्छ, त्यहाँ तिनलाई ‘बुढा’ भन्ने चलन थियो र ती बुढाहरु सम्पूर्ण कार्यालयीय समय कसले धेरै भन्दा धेरै स्त्री ‘भ्याएको’ छ भन्ने देखि लिएर हाल को कसलाई भ्याउने उपक्रम वा प्रयासमा छ भन्ने किसिमका चर्चा गरेर बिताउने गर्थे । यसो गर्ने क्रममा कार्यालयको पदीय मर्यादा क्रमको खासै वास्ता गरिन्न थियो । मानौं गफको गर्मीले पदको पर्खाललाई पगालेको हुन्थ्यो त्यसबेला । यो बेलाको फाइदा उठाउँदै केहि कनिष्ठ कारिन्दाहरू, जो कार्यालयले दिने न्यून तलबका कारण कन्जूस थिए, बुढाहरुसँग निस्फिक्री खैनी माग्थे र ओठमा च्यापेर पिच्च पिच्च थुक्दै गफमा ध्युत रहन्थे ।

कार्यालयमा कुनै नयाँ कारिन्दा आउने बित्तिकै उसलाई कुनै सस्तो भट्टीमा लगिन्थ्यो र निशुल्क टन्न जाँड धोकाइन्थ्यो । मात्दै जाने क्रममा उसको यौनजीवनको पाना खोतल्ने काम प्रमुख रूपमा गरिन्थ्यो र उसले कतिजना ‘भ्याईसकेको’ छ त्यसका आधारमा ऊ प्रति आउँदा दिनमा गरिने व्यवहारको निर्धारण गरिन्थ्यो । ’भ्याएको’ संख्याले दुइ अंक नाघेको पत्ता लागेमा उसलाई कार्यालयको आदर्श पुरुष मानिन्थ्यो र बुढाहरु उसलाई अदबको दृष्टिले हेर्ने गर्थे भने कसैले ‘भ्याउनु’ को अर्थै नबुझेको खण्डमा भने उसको कुमारत्व कार्यालयीय प्रतिष्ठामा मूते बराबर मानिन्थ्यो र बुढाहरु कसरी छिटो भन्दा उसलाई सक्षम कारिन्दा बनाउने भनेर बैठकहरु बस्न थाल्थे । यसप्रकारका बैठकहरुमा खाइने वा पिइने सम्पूर्ण सामग्रीको खर्च कार्यालयको कोषबाट भर्पाई गर्ने गरिन्थ्यो ।

कथाकार अनुपम स्वामी !!!

नयाँ आर्थिक वर्षको सुरुवातसँगै त्यस वर्ष कार्यालयमा कुमार नामको नयाँ कारिन्दाले प्रवेश गरेको थियो । रौतहटको कुनै गाउँबाट आएको कुमार रातजस्तै कालो थियो । भर्खर जुँगाको रेखी बस्न शुरु गरेको १९-२० वर्षको कुमारको जुँगाको रंग र अनुहारको रंग लगभग उस्तै उस्तै थियो । उसले हाँस्दा कालो अनुहारमा सेता दाँत यसरी टल्किन्थे मानौं अँध्यारो कोठामा ट्युबलाइट बालिएको होस् ।

प्रमुख बुढाले त्यसपछि स्थिति सम्हाल्दै भनेका थिए- “हैन कुमारजी, बियरसम्म लिए हुन्छ । बियर रक्सी हैन ।”

त्यसपछि कुमारको मौनतालाई स्वीकृति मान्दै उसका निम्ति बियर मगाईएको थियो ।

कार्यालयको पहिलो दिन उसलाई स्वागत गर्ने हेतुले कार्यालय प्रमुख बुढाले साविककै भट्टीमा एउटा सानो मदिरापान कार्यक्रम राखेका थिए । कार्यक्रम सबैले आ-आफ्नो रोजाइको मदिरा मगाउने क्रमबाट शुरु हुँदै गर्दा कुमारले ‘म रक्सि खान्न’ भनेको थियो र यो सुनेर सबैले उसलाई आ-आफ्नो मुख आँऽऽऽ गरेर हेरेका थिए । प्रमुख बुढाले त्यसपछि स्थिति सम्हाल्दै भनेका थिए- “हैन कुमारजी, बियरसम्म लिए हुन्छ । बियर रक्सी हैन ।”

त्यसपछि कुमारको मौनतालाई स्वीकृति मान्दै उसका निम्ति बियर मगाईएको थियो । बुढाहरूले आ-आफ्नो व्हिस्की, जीन, आदिमा पानी राख्दै पिउन लाग्दै गरेको देखेर कुमारले पनि आधा गिलास पानीमा त्यत्ति नै बियर मिलाएर स्वाट्ट पारेको थियो । उसले त्यसरी बियरमा पानी मिसाएको देखेर सबैले उसलाई यसरी हेरेका थिए मानौं कुनै जीव वैज्ञानिकले साक्षात डाइनोसर देखेको होस् । दुइ तीन गिलास यसरी स्वाट्ट पार्ने क्रम कुमारको गाला र कान दुवै तात्न थालेका थिए र यो देखी यसकै पर्खाईमा रहेका बुढाहरु मुखा मुख गर्दै मुस्काउन थालेका थिए ।

प्रमुख बुढाले खाइरहेको भुटनको प्लेट तर्फ हेर्दै कुमारले सोधेको थियो- “सर यो केको मासु ?”

प्रमुखले कुमारलाई किन भनेर सोधेपछि कुमारले भनेको थियो- “काठमान्डुमा राँगाको मासु खान्छन् रे भनेर गाउँमा भनेको सुनेको थिएँ । आफु बाहुनको छोरो परियो, खसी बाहेक केहि खाईन्न क्या सर ।” त्यसपछि प्रमुखले कुमारको काँधमा हात राख्दै भनेको थियो “हामी पनि बाहुन क्षेत्री कै छोरा हौँ । जे पायो त्यहि त हामी पनि कहाँ खान्छौं र ?” उनीहरुले आफुले नखाने जे पायो त्यहिको कोटामा चाहिँ राँगाको बोसोलाई राखेका थिए जुन भुटनसँगै मिसिएर आउने भएकाले प्लेटको छेउमा छुट्टाएर राखिएको थियो । कुमारले चाहिँ त्यस्लाई खसीकै बोसो ठानी खान हुने कोटामै पारेर स्वाद मानि मानि कपाकप खाएको थियो ।

भोलिपल्ट कसैले “कुमार सर राति कत्तिको आई आई गर्यो पेट भित्र“ भनेर सोध्दा पो कुमारले जात गएको थाहा पाएको थियो ।

तर विज्ञानको विद्यार्थी कुमारले एड्याप्टेशन भन्ने शब्दको माने र डार्विनको विकासवादको सिद्धान्त

राम्रोसँग बुझेको हुनाले आइन्दा राँगासम्म चलाउने निधो गरेको थियो । भुटन नमिठो पनि त थिएन ।

भोलिपल्ट कसैले “कुमार सर राति कत्तिको आई आई गर्यो पेट भित्र“ भनेर सोध्दा पो कुमारले जात गएको थाहा पाएको थियो । तर विज्ञानको विद्यार्थी कुमारले एड्याप्टेशन भन्ने शब्दको माने र डार्विनको विकासवादको सिद्धान्त राम्रोसँग बुझेको हुनाले आइन्दा राँगासम्म चलाउने निधो गरेको थियो । भुटन नमिठो पनि त थिएन । त्यत्ति खाँदैमा जात गए भुत्रैसिती भन्ने उसले ठानेको थियो । कुमारको एड्याप्ट गर्न सक्ने बानीले हो वा उमेरको आवेगले, विद्यार्थी जीवनमा सधैँ युवतीहरुको सानिध्य भन्दा टाढा रहेको पढाईमा भन्दा अन्यत्रमा ध्यान नदिएको ऊ, यतिबेला भने कार्यालय प्रवेश गरेको एक हप्ता पनि नबित्दै बुढाहरुको ‘भ्याउने’ गफ यसप्रकार सुन्ने भइसकेको थियो मानौं मृत्युनिकट कुनै बृद्ध गीताको “आत्मा अमर हुन्छ“ भन्ने खालका श्लोक सुनिरहेको होस् ।

कुमारको कुमारत्वको रहस्य उसको स्वागतमा दिइएको मदिरापान समारोहमै एक बोतल बियरको रमरमले खोलिसकेको थियो र यसकारण उसलाई प्रमुख बुढाले आफ्नै छोरालाई जत्तिकै माया गर्न थालेका थिए र उसको कुमारत्त्वको दाग मेटाइदिने कार्यलाई आफ्नो अहम दायित्त्व मानेर कुनै एक सप्ताहान्त त्यो जिम्मेवारी पूरा गर्ने अठोट गरिसकेका थिए । दिनभर कार्यालयमा हुने रुमानी गफ कुमार आफ्ना उज्याला दाँत देखाउँदै सुन्ने गर्थ्यो र ऊ भित्र त्यतिबेला कुनै बालकले सिन्दबाद नाविकको तिलस्मी कथा सुन्दा आउने जस्तो वीर रसको भाव प्रवाहित भइरहेको हुन्थ्यो ।

“थाहा छ, मैले एउटीलाई एक रातमा आठ पटक भ्याएँ ।”

“मैले बसको सिटमा भेटेको नम्बरका आधारमा मान्छे पत्ता लाएर नि भ्याएको छु ।“

बुढाहरुका यस प्रकारका गफ सुन्दा कुमारलाई कतै आफु “भ्याउनै” नपाई मर्ने पो हूँ कि भनेर डर पनि लागेको थियो ।

कुमारले बुढा नम्बर तीनले एक दिन भनेको सुनेको थियो- “आफू त मर्नु भन्दा अगाडी १०८ पल्ट भ्याएर मर्ने । अनि त डाइरेक्ट स्वर्ग ।“ यो सुनेपछि उसलाई आफू पनि कमसेकम एक पटक चाहिँ ‘भ्याउन पाए’ हुने भनेर लाग्न थालेको थियो र प्रमुख बुढाले बाचा गरेबमोजिम उपयुक्त सप्ताहान्तको पर्खाइमा बस्न थालेको थियो ।

नभन्दै एक शुक्रबार बुढाले भनी पनि हालेका थिए- “ल कुमार, भोलि बिहान ८ बजे झिल्के भएर चोकमा आउनू । म त्यहाँ लिन आउँछु अनि हामी खेलकुद गर्न जाउँला ।“ ‘भ्याउनु’ लाई ‘खेलकुद’ गर्नु पनि भनिँदो रहेछ भनेर उसले त्यत्तिबेलै थाहा पाएको थियो । शनिबार बिहानै कुमार नुहाई धुवाई गरीवरी चिटिक्क परी बाले गाउँ छँदा हालिदिएको दशैंको सर्ट पाईन्ट लगाइ प्रमुख बुढाले कुर्न भनेको स्थानतिर लागेको थियो ।

प्रमुख बुढालाई चाबेलको चोकमा कुरिरहँदा उसको पेट भित्र कौतुहलता र रोमान्चका चंगाहरु ‘चंगा चेट’ खेल्न थालेका थिए । केहीबेर पछि प्रमुख बुढा आएर उसलाई मोटरसाइकलमा चढाएर सहरको अँध्यारो गल्ली भित्र लिएर गएका थिए । जीवनमा हरेक चीजको सुरुवात गरिने पहिलो पल्टको मिठासको अनुभव उसलाई मोटरसाइकल चढे देखि नै भइरहेको थियो । “गाउँमा मोटर साइकल हुन्थ्यो नै कसको र चढ्न पाउनलाई ?” यो सोच्दै गर्दा ऊ प्रमुख बुढाप्रति श्रद्धा भावले द्रवित भइरहेको थियो ।

प्रमुख बुढाले मोटर साइकल पर्दाले छोपिएको होटेल जस्तो पसल अगाडी लगेर रोकेर उसलाई लिएर भित्र गएका थिए । भित्र काउन्टरमा १६ वर्ष जत्तिकी निकै राम्री तरुनी बसेकी थिई जसले प्रमुख बुढालाई देख्ने बित्तिकै मुस्कानले स्वागत गरेकी थिई । कुमार भने त्यो केटीलाई आफ्ना आँखाले उसको लुगै छेड्ने जस्तो गरेर हेरिरहेको थियो । यो देखेर केटिले मुसुक्क हाँस्दै उसलाई भनेकी थिई “म हैन । एकछिनमा आउँछे ।“

होटेल राम्रै जस्तो देखिन्थ्यो बाहिरबाट । “यहि बाटो भएर कत्ति मान्छे हिड्छन् । के ती सबैलाई थाहा छ त यहाँ भित्र के हुन्छ भनेर ?“ कुमारले सोची रहँदा बाहिरबाट १७-१८ वर्ष कि केटी चुरोट तान्दै भित्र छिरेकी थिई । प्रमुख बुढाले त्यो केटीलाई देख्ने बित्तिकै उसलाई कुमार तर्फ इसारा गर्दै देखाएका थिए । केटीले त्यसपछि कुमारको नजिकै आई उसले मात्र सुन्ने स्वर मा ‘भित्र’ जाउँ भनेर भनेकी थिई ।

‘भित्र’ को दृश्य देखेर कुमारको कल्पनाले फेल खाएको थियो । उसको कल्पना बमोजिम त्यहाँ खाट वा पलंग थिएन । यत्र तत्र कन्डम फालिएको र काठले बाहिरको मूल कोठाबाट छुट्याइएको त्यो कोठा जस्तो स्वरूपमा एउटा मैलो तन्ना ओछ्याईएको थियो । केटीले हात समातेर तान्दै उसलाई त्यहाँ बस्न आग्रह गर्दा लजाउँदै कुमारले भनेको थियो “मेरो यो पहिलो पटक हो“ केटिले एक एक गर्दै आफ्ना लुगा छोडाउन लाग्दा हरेक लुगासँगै कुमारको मुटुका पत्र-पत्र पनि ढुकढुकी बन्दै छोडिइरहेका थिए ।

प्रमुख बुढाले भोलिपल्ट कार्यालयमा बहादुरीका साथ बताएको थियो- कसरी उसले भित्रबाट आइरहेको चुराको लयबद्द आवाज र कुमारको सित्कार सुनेको थियो भनेर । लगभग बीस मिनेट पछि रातो पिरो हुँदै ‘भित्र’ बाट कुमार निस्किदा प्रमुख बुढाले उसलाई हेर्दै “बाफरे बीस मिनेट“ भनेको थियो र त्यो केटीले चाहिँ गालामा प्याट्ट हान्दै “पहिलो पटक भनेर ढाँट्ने” भन्दै मस्किएकी थिई । सधैँ राति सुत्नु भन्दा अगाडी दैनिकी लेख्ने कुमारले त्यस रात लेखेको थियोः

२०६९-०४-२५

कुमार अब कुमार रहेन

०००

०००

 

 

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्