Logo

मानविय तथा भौतिक क्षतिप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त



Spread the love

६ भाद्र, पर्वत – गण्डकी प्रदेशका मुख्यमन्त्री पृव्वीसुब्बा गुरुङले पर्वतको कुश्मा नागरपालिका–२ बोडिस्वाँरामा बुधबार राति गएको पहिरोको कारण भएको मानविय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

मुख्यमन्त्री गुरुङले बिहीबार प्रेस विज्ञप्तिमार्फत उक्त घटनामा ज्यान गुमाउने ७० वर्षीय रेशबहादुर चालिसेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । वर्षाको मौसममा जुनसुकै समयमा पनि यस्तो प्राकृतिक विपत्ति आउन सक्ने सम्भानालाई ध्यान दिँदै आवश्यक पूर्वतयारीमा जुटेर सावधानि अपनाउन मुख्यमन्त्री गुरुङले विज्ञप्तिमार्फत सबैमा अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्