Logo

मुख्यमन्त्री कप फुटबल शुरु



Spread the love

६ भाद्र, दाङ – दाङको बेलझुण्डी रङ्गशालामा बिहीबारदेखि प्रदेश नं ५ स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिता शुरु भएको छ । भदौ १२ गतेसम्म चल्ने उक्त प्रतियोगिताको प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरे ।

मन्त्री बरालले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले उक्त प्रतियोगिताको आयोजना गरेको बताए । खेललाई मुलुकको समृद्धिका रुपमा लिएको उनको भनाइ थियो । अखिल नेपाल फुलबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबलको एकेडेमिक रुपमा विकास गरिने बताए । प्रतियोगितामा प्रदेश नं ५ का दाङ, बाँके, बर्दिया, नवलपरासी, रोल्पा र रुपन्देहीका खेलाडी सहभागी छन् ।

बिहीबार भएको खेलमा नवलपरासीले दाङलाई ३–० गोलले हराएको छ । शुक्रबार रोल्पा र बर्दियाबीच तथा रुपन्देही र बाँकेबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्